Logo

बिहिवार, श्रावण १४ गते २०८३

गोरखामा मलामी गएका ४० वर्षीय पुरुष दरौँदी नदीमा बगेर बेपत्ता, खोजी कार्य तीव्र

गोरखामा मलामी गएका ४० वर्षीय पुरुष दरौँदी नदीमा बगेर बेपत्ता, खोजी कार्य तीव्र

जोईन खबर

१, श्रावण २०८३
  • 412
    SHARES
  • गोरखामा मलामी गएका ४० वर्षीय पुरुष दरौँदी नदीमा बगेर बेपत्ता, खोजी कार्य तीव्र

    १ साउन काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिकामा मलामी गएका एक व्यक्ति दरौँदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन्।बेपत्ता हुनेमा अजिरकोट गाउँपालिका–४ झ्यावाँ निवासी अन्दाजी ४० वर्षीय शम्शेर नेपाली रहेका छन्।

    images

    प्राप्त जानकारीअनुसार बिहीबार असार ३२ गते दिउँसो करिब १ बजे अजिरकोट गाउँपालिका–४ स्थित तालफुटेघाटमा अन्त्येष्टिमा सहभागी हुन गएका नेपाली मलामीपछि दरौँदी नदीमा नुहाउन पसेका थिए। सोही क्रममा नदीको तीव्र बहावले उनलाई बगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

    घटनालगत्तै स्थानीयवासीले खोजी सुरु गरेका थिए। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले नदी क्षेत्रमा खोजी अभियान सञ्चालन गरेको छ।

    प्रहरीका अनुसार बेपत्ता नेपालीको खोजीका लागि सम्भावित स्थानहरूमा व्यापक रूपमा खोजतलास भइरहेको छ। नदीमा पानीको बहाव बढेका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।

    वर्षायामका कारण नदी तथा खोलाहरूमा पानीको बहाव अत्यधिक भएकाले अनावश्यक रूपमा नदीमा प्रवेश नगर्न र विशेष सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण १, २०८३ शुक्रवार - १७:४१:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको