Logo

बुधवार, श्रावण १३ गते २०८३

नारायणी पुलमा बढ्दो घटनाप्रति चासो, सुरक्षा सुदृढ गर्न आज दुवै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाइँदै

नारायणी पुलमा बढ्दो घटनाप्रति चासो, सुरक्षा सुदृढ गर्न आज दुवै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाइँदै

जोईन खबर

५, श्रावण २०८३
  • 304
    SHARES
  • नारायणी पुलमा बढ्दो घटनाप्रति चासो, सुरक्षा सुदृढ गर्न आज दुवै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाइँदै

    ५ साउन काठमाडौँ ।पछिल्लो समय नारायणी पुल क्षेत्रमा आत्महत्या प्रयास, दुर्घटना तथा अन्य अवाञ्छित घटनाहरू बढ्दै गएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराउन आज दिउँसो १२ बजे गैँडाकोट नगरपालिकाका नगर प्रमुख तथा भरतपुर महानगरपालिकाका नगर प्रमुखलाई ज्ञापनपत्र बुझाइने भएको छ।

    images

    ज्ञापनपत्रमार्फत नारायणी पुलमा तत्काल उच्च गुणस्तरका सिसी क्यामेरा जडान गर्न, २४सै घण्टा सुरक्षा निगरानीको व्यवस्था मिलाउन, आवश्यक स्थानमा सुरक्षा रेलिङ तथा चेतनामूलक सूचना बोर्ड राख्न, नियमित प्रहरी गस्ती बढाउन र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्न आग्रह गरिने जनाइएको छ।

    पछिल्ला केही महिनायता नारायणी पुलमा आत्महत्या प्रयास, दुर्घटना तथा अन्य अप्रिय घटनाहरू दोहोरिन थालेपछि स्थानीयवासी, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूले पुलको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्। उनीहरूले पुलमा आधुनिक प्रविधिको प्रयोगसहित निगरानी प्रणाली विस्तार गरिए यस्ता घटनामा कमी ल्याउन सकिने विश्वास व्यक्त गरेका छन्।

    ज्ञापनपत्र बुझाउने कार्यक्रम सामाजिक अभियन्ता, स्थानीयवासी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न हुने बताइएको छ। ज्ञापनपत्रमा पुलमा हुने जोखिम न्यूनीकरणका लागि स्थानीय सरकार, सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूले संयुक्त रूपमा दीर्घकालीन सुरक्षा योजना कार्यान्वयन गर्नुपर्ने मागसमेत समावेश गरिएको छ।

    ज्ञापनपत्र बुझाउने पक्षले नारायणी पुल केवल दुई जिल्लालाई जोड्ने पूर्वाधार मात्र नभई दैनिक हजारौँ नागरिकको आवतजावत हुने महत्वपूर्ण मार्ग भएकाले यसको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्न आवश्यक रहेको उल्लेख गरेको छ। उनीहरूले सम्बन्धित निकायले ज्ञापनपत्रलाई गम्भीरतापूर्वक ग्रहण गर्दै शीघ्र आवश्यक कदम चाल्ने अपेक्षा व्यक्त गरेका छन्। 

    प्रकाशित मिति :श्रावण ५, २०८३ मंगलवार - १३:३०:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको