२८ बैशाख काठमाडौ। धादिङको गल्छी गाउँपालिका–८ का विनोद थापा मगरको चक्कु प्रहारबाट ज्यान गएको छ ।होटलमा विवादका कारण चक्कु प्रहार हुँदा घाइते भएका मगरको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक एसपी गौतम मिश्रले जानकारी दिए ।ग्राहकको रुपमा बुधबार ११ बजेतिर होटलमा आएका विनोद र होटल सञ्चालकबीच सामान्य भनाभन भएपछि घटना भएको हो । चक्कु प्रहार गरी घाइते बनेका मगरको उपचारका क्रममा ज्यान गएको प्रहरी उपरीक्षक एसपी गौतम मिश्रले जानाकारी दिनुभयो।
होटलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको र घटनाको छानबिनका लागि होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरजलाई पक्राउ गरेको छ ।थापाको हत्या भएको भन्दै स्थानीय बासिन्दाले दोषीमाथि कारबाहीको माग राखेर अहिले गल्छी नुवाकोट त्रिशूली सडक खण्ड अवरुद्ध गरेका छन् ।