Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको महासचिवमा कृष्ण प्रसाद पनेरुको उम्मेदवारी

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको महासचिवमा कृष्ण प्रसाद पनेरुको उम्मेदवारी

जोईन खबर

८, श्रावण २०८३
  • 415
    SHARES
  • नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको महासचिवमा कृष्ण प्रसाद पनेरुको उम्मेदवारी

    ८ साउन काठमाडौं।  नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (DLA) को १२औँ राष्ट्रिय महाधिवेशन आगामी २०८३ साल भदौ १९ र २० गते बुटवलमा हुने तयारी भइरहेका बेला अधिवक्ता कृष्ण प्रसाद पनेरुले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। "सशक्त संगठन, सक्रिय नेतृत्व र साझा जिम्मेवारीका लागि मेरो उम्मेदवारी" भन्ने मूल नारासहित पनेरुले महासचिव पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै संगठनलाई अझ सुदृढ, प्रभावकारी र सबै सदस्यको साझा संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    images

    उम्मेदवारी घोषणा गर्दै पनेरुले नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (DLA) मा आबद्ध आदरणीय अग्रज, साथी तथा देशभरका सम्पूर्ण प्रतिनिधिहरूप्रति सम्मान व्यक्त गर्दै आफ्नो पक्षमा अमूल्य मत, साथ, सहयोग र शुभेच्छा प्रदान गरिदिन हार्दिक अनुरोध गरेका छन्। कानुनी क्षेत्र र संगठनात्मक नेतृत्वमा लामो अनुभव हासिल गरेका पनेरुले यसअघि नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय सदस्य, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व केन्द्रीय सदस्य तथा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन, जिल्ला समिति काठमाडौंका पूर्व अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्।

    उनले आफ्नो अनुभव, संगठनप्रतिको प्रतिबद्धता र लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात गर्दै महासचिवको भूमिकामा संगठनलाई अझ सक्रिय, व्यवस्थित र सदस्यमुखी बनाउने प्रतिबद्धता जनाएका छन्। कानुनी व्यवसायीहरूको पेशागत हकहित संरक्षण, संगठनको संस्थागत सुदृढीकरण तथा देशभरका सदस्यबीच सहकार्य र एकतालाई थप मजबुत बनाउने आफ्नो प्राथमिकता रहेको उनले बताएका छन्।

    नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको १२औँ राष्ट्रिय महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने भएकाले महाधिवेशनलाई संगठनको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महासचिव पदका उम्मेदवार कृष्ण प्रसाद पनेरुले लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने सम्पूर्ण प्रतिनिधिहरूसँग आफ्नो पक्षमा मतदान गरी सफल बनाउन सहयोग गर्न आग्रह गरेका छन्।

    प्रकाशित मिति :श्रावण ८, २०८३ शुक्रवार - १०:३९:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको