Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने

नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने

जोईन खबर

२८, बैशाख २०८०
  • 694
    SHARES
  • नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने

    २८ बैशाख काठमाडौ।नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ । प्रादेशिकरुपमा हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो ।

    images

     वैशाख २६ मा बसेको निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ । 

    सहरी क्षेत्रका विमानस्थलमा चल्ने जहाज नभएकाले निगमले हाल सहरी एवम् व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन निगमले दुई वटा जहाज खरिद गरेपश्चात काठमाडौँ, विराटनगर ,भैरहवा ,पोखरा, नेपालगञ्ज, धनगढी लगायतका क्षेत्रबाट प्रादेशिक उडान भर्न सक्नेछ ।

    प्रकाशित मिति :बैशाख २८, २०८० बिहिवार - १४:५७:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको