Logo

मंगलवार, श्रावण १२ गते २०८३

चितवन र झापामा भूमिहीनलाई लालपुर्जा वितरण, ३९ परिवार कानुनी रूपमा बने जग्गाधनी

चितवन र झापामा भूमिहीनलाई लालपुर्जा वितरण, ३९ परिवार कानुनी रूपमा बने जग्गाधनी

जोईन खबर

८, श्रावण २०८३
  • 409
    SHARES
  • चितवन र झापामा भूमिहीनलाई लालपुर्जा वितरण, ३९ परिवार कानुनी रूपमा बने जग्गाधनी

    ८ साउन काठमाडौँ ।  सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई निरन्तरता दिँदै चितवन र झापामा गरी ३९ परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा )लालपुर्जा) वितरण गरेको छ।

    images

    जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा वितरण गरेको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नभएका स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।

    लालपुर्जा वितरण कार्यक्रमका क्रममा सम्बन्धित निकायका प्रतिनिधिहरूले भूमिहीन नागरिकलाई भूमि स्वामित्व दिलाउने अभियानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। यस अभियानले नागरिकलाई कानुनी सुरक्षा, आर्थिक सशक्तीकरण तथा सामाजिक सम्मान प्राप्त गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

    यसैबीच, आजै झापाको कन्काई नगरपालिकामा पनि पाँच भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा वितरण गरिएको छ। लालपुर्जा प्राप्त गरेपछि उनीहरू पनि कानुनी रूपमा आफ्नै नाममा जग्गाको स्वामित्व प्राप्त गर्न सफल भएका छन्।

    सरकारले राष्ट्रिय भूमि आयोगमार्फत देशका विभिन्न जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानलाई तीव्र बनाउँदै आएको छ। यस अभियानअन्तर्गत आवश्यक नापजाँच, अभिलेखीकरण तथा कानुनी प्रक्रिया पूरा गरी योग्य लाभग्राहीलाई चरणबद्ध रूपमा लालपुर्जा वितरण गरिँदै आएको छ।

    सरकारको यो अभियानले वर्षौंदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका हजारौँ परिवारलाई कानुनी अधिकार दिलाउने, सामाजिक तथा आर्थिक सुरक्षा सुनिश्चित गर्ने र दिगो बसोबास व्यवस्थापनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :श्रावण ८, २०८३ शुक्रवार - १६:५३:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको