Logo

मंगलवार, श्रावण १२ गते २०८३

गगन थापाद्वारा आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग

गगन थापाद्वारा आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग

जोईन खबर

८, श्रावण २०८३
  • 211
    SHARES
  • गगन थापाद्वारा आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग

    ८ साउन काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।

    images

    शुक्रबार सभापति थापाले स्वर्गीय नेपालीको परिवारलाई एक लाख रुपैयाँ हस्तान्तरण गर्दै दुःखको घडीमा आफू परिवारसँगै रहेको सन्देश दिएका हुन्।

    यस अवसरमा थापाले स्वर्गीय गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा धैर्य धारण गर्न आग्रह गरेका छन्।

    मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीले काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचार वीर अस्पतालमा भइरहेको क्रममा गत असारमा निधन भएको थियो।

    गणेश नेपालीको निधनपछि उक्त घटनाले व्यापक सार्वजनिक चासो पाएको थियो। त्यसयता घटनाको सत्यतथ्य, सम्बन्धित निकायको भूमिका तथा पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा विभिन्न तहबाट आवाज उठ्दै आएको छ।यसैक्रममा नेपाली कांग्रेसका सभापति गगन थापाले स्वर्गीय नेपालीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउँदै पीडित परिवारप्रति ऐक्यबद्धता व्यक्त गरेका हुन्।

    प्रकाशित मिति :श्रावण ८, २०८३ शुक्रवार - १७:२०:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको