Logo

मंगलवार, श्रावण १२ गते २०८३

अस्पतालमा ओपीडी सेवा बन्द, सर्वसाधारण उपचारबाट वञ्चित

अस्पतालमा ओपीडी सेवा बन्द, सर्वसाधारण उपचारबाट वञ्चित

जोईन खबर

१२, श्रावण २०८३
  • 319
    SHARES
  • अस्पतालमा ओपीडी सेवा बन्द, सर्वसाधारण उपचारबाट वञ्चित

    १२ साउन काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण आज देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा ओपीडी सेवा बन्द भएको छ।

    images

    ओपीडी सेवा बन्द हुँदा नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचारका लागि अस्पताल पुगेका सयौं बिरामी उपचार नपाई फर्किन बाध्य भएका छन्। अस्पताल परिसरमा बिहानैदेखि बिरामी र आफन्तहरूको भीड देखिए पनि इमर्जेन्सीबाहेकका सेवा सञ्चालन नभएपछि धेरै सेवाग्राही निराश बनेका छन्।

    चिकित्सकहरूले आकस्मिक ९इमर्जेन्सी०, सघन उपचार ९आईसीयू०, प्रसूति तथा जीवनरक्षक सेवाहरू भने नियमित रूपमा सञ्चालनमा राखेका छन्। तर नियमित जाँच, फलोअप, शल्यक्रियालगायत गैर–आपत्कालीन सेवाहरू प्रभावित भएका छन्।

    नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्नमाथि कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित तथा अस्पतालमा सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

    यस आन्दोलनका कारण देशभरका अस्पतालमा सेवा लिन पुगेका सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बिरामीहरूले समस्या छिट्टै समाधान गरी नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन गर्न सरकार र सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।

    प्रकाशित मिति :श्रावण १२, २०८३ मंगलवार - ११:२०:२८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको