Logo

बिहिवार, श्रावण १४ गते २०८३

राहदानी विभागमा पासपोर्ट लिन सेवाग्राहीको भिड, ईपीएस आवेदनकर्ताको चाप बढ्दा दैनिक भीडभाड

राहदानी विभागमा पासपोर्ट लिन सेवाग्राहीको भिड, ईपीएस आवेदनकर्ताको चाप बढ्दा दैनिक भीडभाड

जोईन खबर

१४, श्रावण २०८३
  • 94
    SHARES
  • राहदानी विभागमा पासपोर्ट लिन सेवाग्राहीको भिड, ईपीएस आवेदनकर्ताको चाप बढ्दा दैनिक भीडभाड

    १४ साउन काठमाडौं। वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने तयारीमा रहेका युवाहरूको संख्या बढेसँगै राहदानी विभागमा पासपोर्ट बनाउन तथा लिन आउने सेवाग्राहीको भिड उल्लेख्य रूपमा बढेको छ।

    images

    विशेषगरी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिन आवश्यक राहदानी बनाउन आउने सेवाग्राहीको चाप बढेपछि विभाग परिसर बिहानैदेखि व्यस्त देखिएको छ। सेवाग्राहीहरू लामो लाइनमा बसेर आफ्नो पालो पर्खिरहेका छन् भने दैनिक सयौंको संख्यामा नयाँ आवेदन तथा पासपोर्ट वितरणको काम भइरहेको विभागले जनाएको छ।

    ईपीएस आवेदनको समय नजिकिँदै जाँदा नयाँ राहदानी बनाउने, नवीकरण गर्ने तथा तयार भएको राहदानी लिन आउने सेवाग्राहीको संख्या एकाएक बढेको हो। भीड बढेका कारण केही सेवाग्राहीले पालो पाउन समय लाग्ने र लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको बताएका छन्।

    राहदानी विभागले सेवाग्राहीलाई अनलाइनमार्फत समयमै आवेदन दर्ता गर्न, आवश्यक कागजात पूरा गरेर तोकिएको समयमा उपस्थित हुन तथा अनावश्यक भीड नगर्न आग्रह गरेको छ। विभागले सेवा प्रवाहलाई सहज बनाउन आवश्यक व्यवस्थापन गरिरहेको जनाएको छ।आगामी केही दिनसम्म पनि ईपीएस आवेदनको प्रभावका कारण राहदानी विभागमा सेवाग्राहीको चाप कायम रहने अनुमान गरिएको छ।

    प्रकाशित मिति :श्रावण १४, २०८३ बिहिवार - १३:०९:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको