Logo

मंगलवार, कार्तिक ११ गते २०८३

गोरखामा करोडौंका सरकारी भवन अलपत्र, संसदमा उठ्यो प्रश्न जनताको करबाट बनेका संरचनाको सुरक्षा गरियोस् : मुख्य सचेतक बुर्लाकोटी

गोरखामा करोडौंका सरकारी भवन अलपत्र, संसदमा उठ्यो प्रश्न जनताको करबाट बनेका संरचनाको सुरक्षा गरियोस् : मुख्य सचेतक बुर्लाकोटी

जोईन खबर

१५, श्रावण २०८३
  • 358
    SHARES
  • गोरखामा करोडौंका सरकारी भवन अलपत्र, संसदमा उठ्यो प्रश्न जनताको करबाट बनेका संरचनाको सुरक्षा गरियोस्  :   मुख्य सचेतक बुर्लाकोटी

    १५ साउन काठमाडौँ । प्रतिनिधि सभा बैठकको शुक्रबारको शून्य समयमा गोरखा–२ का सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी ले गोरखामा निर्माण भएका करोडौं रुपैयाँका सरकारी भवनहरू अलपत्र परेको विषय संसदमा उठाएका छन्।

    images

    उनले देशको ढुकुटीबाट खर्च भएको रकमको सदुपयोग हुन नसकेको भन्दै गोरखाका विभिन्न स्थानमा निर्माण गरिएका भवनहरू वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको उदाहरण प्रस्तुत गरे। समयमै संरक्षण र सञ्चालन नभए राज्यको लगानी खेर जाने तथा सार्वजनिक सम्पत्तिमा थप क्षति पुग्ने उनको भनाइ थियो।

    images
    images
    images

    सांसद बुर्लाकोटीका अनुसार पालुङटार नगरपालिका–७, विरुवाटार मा करिब ९ करोड रुपैयाँ लागतमा निर्माण गरिएका तीन वटा ठूला भवन हालसम्म प्रयोगमा आउन सकेका छैनन्। भवनहरू अलपत्र अवस्थामा रहेका कारण त्यहाँका सामानसमेत चोरी हुन थालेको उनले जानकारी दिए।

    यस्तै, गोरखा नगरपालिका–१०, छेपेटार मा ६ देखि ८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको वृद्धाश्रम मोडलको भवन पनि सञ्चालनमा आउन नसकी अलपत्र परेको उनले बताए।

    त्यसैगरी पालुङटार नगरपालिका–९, बिर्दी मा वन क्षेत्र नजिकै करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको कोल्ड स्टोर पनि प्रयोगविहीन अवस्थामा रहेको भन्दै उनले राज्यको लगानीको प्रभावकारी उपयोग हुन नसकेको उल्लेख गरे।

    सांसद बुर्लाकोटीले गोरखामा मात्र नभई देशभर जनताले तिरेको करबाट निर्माण गरिएका सार्वजनिक संरचनाको उचित संरक्षण, सुरक्षा र सञ्चालन सुनिश्चित गर्न सरकारसँग माग गरे। उनले सार्वजनिक सम्पत्ति अलपत्र छाड्ने प्रवृत्तिको अन्त्य गर्दै जिम्मेवार निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

    प्रकाशित मिति :श्रावण १५, २०८३ शुक्रवार - १२:०४:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको