१८ साउन काठमाडौँ । नेपाल शिक्षक महासंघले भदौ महिनादेखि चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको छ। महासंघको परिषद् बैठकले शिक्षा ऐन जारी गर्न र शिक्षकका विभिन्न माग सम्बोधन गराउन आन्दोलन गर्ने निर्णय गरेको हो।
महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार आन्दोलनको निर्णय भइसकेको भए पनि आन्दोलनको ठोस मिति र कार्यक्रम विस्तारित कार्यालय बैठकले तय गर्नेछ।उनले भने, भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ। आन्दोलनको तिथि–मिति विस्तारित कार्यालय बैठकले निर्णय गर्छ।
महासंघले सरकारले शिक्षा ऐन जारी गर्न ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाएको छ। साथै, शिक्षा सम्बन्धी नियमावलीको दशौँ संशोधनमा समावेश गरिएका केही प्रावधानप्रति पनि महासंघले असहमति व्यक्त गरेको छ।
महासचिव थापाका अनुसार, ूशिक्षा ऐन तत्काल जारी हुनुपर्छ। नियमावलीको दशौँ संशोधनमा समावेश भएका केही प्रावधान शिक्षकमैत्री छैनन्।महासंघले लामो समयदेखि शिक्षक सरुवालाई व्यवस्थित बनाउन, विद्यालय कर्मचारीको सेवा–सुविधा सुनिश्चित गर्न, प्रारम्भिक बालविकास ९ईसीडी० शिक्षकको उचित व्यवस्थापन गर्न तथा अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायी व्यवस्थापन गर्न सरकारसँग माग गर्दै आएको छ।
महासंघले आफ्ना मागहरू सम्बोधन नभए भदौदेखि देशभर चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ। आन्दोलनको स्वरूप र कार्यक्रम भने विस्तारित कार्यालय बैठकपछि सार्वजनिक गरिने जनाइएको छ।