Logo

मंगलवार, कार्तिक ११ गते २०८३

चार महिनामा काम गर्ने वातावरण नै पाएनँ : गृहमन्त्री गुरुङ

चार महिनामा काम गर्ने वातावरण नै पाएनँ : गृहमन्त्री गुरुङ

जोईन खबर

२२, श्रावण २०८३
  • 391
    SHARES
  • चार महिनामा काम गर्ने वातावरण नै पाएनँ : गृहमन्त्री गुरुङ

    २२ साउन  काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको चार महिनाको अवधिमा निरन्तर आन्दोलन, विरोध र विभिन्न घटनाक्रमका कारण प्रभावकारी रूपमा काम गर्ने वातावरण नपाएको बताएका छन्।

    images

    हिजाे  घाइते जेन्जी नेपालकाे कार्यालय उद्धघाटन कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले मन्त्रालयले अपेक्षाअनुसार काम गर्न नसक्नुको कारण लगातार उत्पन्न भइरहेका आन्दोलन र विभिन्न चुनौती रहेको उल्लेख गरे।

    images
    images
    images

    उनले भने,साँच्चै भन्ने हो भने, मैले यो चार महिनामा काम नै गर्न पाएको छैन। कहिले के आन्दोलन भएको छ, कहिले के, कहिले यो भएन भनेको छ, कहिले त्यो भएन भनेको छ। यो अवधिमा हरेकचोटि केही न केही त भएको छ, काम नै गर्न पाएको छैन।

    गृहमन्त्री गुरुङले मन्त्रालयले शान्ति–सुरक्षा सुदृढ गर्ने, सुशासन कायम गर्ने तथा नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्य राखे पनि लगातार उत्पन्न भएका आन्दोलन, विरोध प्रदर्शन र आकस्मिक घटनाका कारण प्राथमिकताअनुसार काम अघि बढाउन कठिन भएको बताए।

    उनले सरकार जनताका गुनासा र सुझावप्रति संवेदनशील रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढिरहेको बताए। साथै आगामी दिनमा शान्ति, सुरक्षा र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

    गृहमन्त्रीको यो अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म विभिन्न प्रतिक्रिया आउन थालेका छन्। कतिपयले सरकारका चुनौतीप्रति उनको स्वीकारोक्तिको रूपमा टिप्पणी गरेका छन् भने केहीले जिम्मेवारीमा रहेका मन्त्रीले परिणाममुखी काममा बढी केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

    प्रकाशित मिति :श्रावण २२, २०८३ शुक्रवार - ११:०३:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको