Logo

मंगलवार, कार्तिक ११ गते २०८३

काठमाडौं विश्वविद्यालयमाथि भरत दाहालको गम्भीर आरोप, मुन र जर्ज सोरोसको प्रभावमा चलेको संस्था

काठमाडौं विश्वविद्यालयमाथि भरत दाहालको गम्भीर आरोप, मुन र जर्ज सोरोसको प्रभावमा चलेको संस्था

जोईन खबर

२२, श्रावण २०८३
  • 847
    SHARES
  • काठमाडौं विश्वविद्यालयमाथि भरत दाहालको गम्भीर आरोप, मुन र जर्ज सोरोसको प्रभावमा चलेको संस्था

     २२ साउन काठमाडौँ । राजनीतिक विश्लेषक भरत दाहालले काठमाडौं विश्वविद्यालयमाथि गम्भीर आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आफ्नो धारणा राख्दै उनले विश्वविद्यालय स्थापनाकालदेखि नै दक्षिण कोरियाका धार्मिक अगुवा सन म्युङ मुनसँग सम्बन्धित संस्था तथा अमेरिकी अर्बपति जर्ज सोरोससँग जोडिएका समूहहरूको प्रभाव रहेको दाबी गरेका छन्।

    images

    दाहालले नेपालकै भाषा, संस्कृति र जनजीवनसँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्नभन्दा तिब्बत र दलाई लामासम्बन्धी गतिविधिलाई प्राथमिकता दिएको आरोप विश्वविद्यालयमाथि लगाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन् कि विश्वविद्यालयका दाता तथा लगानीकर्ताहरूको पृष्ठभूमि हेर्दा आफूले उठाएका प्रश्नहरूको उत्तर भेटिने दाबी गर्छन्।

    images
    images
    images

    उनका अनुसार अन्तर्राष्ट्रिय शक्तिहरूले चीनसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न नसकेपछि भाषा, संस्कृति र शैक्षिक अध्ययनको आवरणमा दलाई लामाको पक्षमा वातावरण निर्माण गर्ने प्रयास गर्दै आएका छन्। हालै स्थगित भएको तिब्बतसम्बन्धी कार्यक्रम पनि त्यही रणनीतिको हिस्सा भएको उनको दाबी छ।

    दाहालले यसअघि पनि काठमाडौं विश्वविद्यालयमा तिब्बतसँग सम्बन्धित कार्यक्रम आयोजना गर्ने प्रयास भएको उल्लेख गर्दै त्यसअघि दलाई लामाको जन्मोत्सव मनाएर नेपालको राजनीतिक र कूटनीतिक वातावरण परीक्षण गर्ने प्रयास गरिएको आरोप लगाए।

    उनले नेपालले चीनसँग सम्बन्धित विषयमा अत्यन्त संवेदनशील रूपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै यस्ता गतिविधिले नेपाललाई अनावश्यक अन्तर्राष्ट्रिय विवादमा तान्न सक्ने चेतावनी दिएका छन्। चीनलाई उक्साउने वा संवेदनशील कूटनीतिक विषयमा खेलबाड गर्नु उचित नहुने उनको भनाइ छ।

    यद्यपि, भरत दाहालले लगाएका यी आरोपहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्। यस समाचार तयार पार्दासम्म काठमाडौं विश्वविद्यालय वा आरोपमा उल्लेख गरिएका अन्य पक्षबाट कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। प्रतिक्रिया प्राप्त भएमा समाचार अद्यावधिक गरिनेछ।

    प्रकाशित मिति :श्रावण २२, २०८३ शुक्रवार - १२:०५:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको