Logo

शुक्रवार, भाद्र २६ गते २०८३

पाल्पामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते, एक बालकको अवस्था गम्भीर

पाल्पामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते, एक बालकको अवस्था गम्भीर

जोईन खबर

२५, श्रावण २०८३
  • 328
    SHARES
  • पाल्पामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते, एक बालकको अवस्था गम्भीर

    २५ साउन काठमाडौँ । पाल्पाको तिनाउ गाउँपालिका–४, चिउरीडाँडास्थित झुम्सा–सत्यवती धसमिघा भित्री कच्ची सडकखण्डमा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका–५, बमसिङडाँडाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप आज बिहान दुर्घटनामा परेको हो।

    images

    दुर्घटनामा पाल्पा तिनाउ गाउँपालिका–३, सत्यवतीका ३६ वर्षीय खामबहादुर डिसुवा मगर, ५१ वर्षीय नरसिंह डिसुवा मगर र ३६ वर्षीया शर्मिला डिसुवा मगर घाइते भएका छन्।

    त्यस्तै, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ का १० वर्षीय सन्तोष रेश्मी, रुपन्देही बुटवल उपमहानगरपालिका–१८, पोखराबारीकी ३६ वर्षीया दुर्गा थापा र उनका ४ वर्षीय छोरा डेसिन थापा पनि घाइते भएका छन्।

    यस्तै पाल्पा माथागढी गाउँपालिका–५ का ४१ वर्षीय मनबहादुर गाहा, रुपन्देही बुटवल–१८, मोतीपुरकी ३६ वर्षीया सपना राना, जिप चालक पाल्पा माथागढी–५ का ३८ वर्षीय देवकुमार घर्ती र स्याङ्जा कालीगण्डकी गाउँपालिका–८ का ३५ वर्षीय भुवनसिंह रेश्मी घाइते भएका छन्।

    दुर्घटनामा घाइते सबैलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्ये ४ वर्षीय बालक डेसिन थापाको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेहरूको अवस्था मध्यम रहेको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    प्रकाशित मिति :श्रावण २५, २०८३ सोमवार - ११:४२:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको