Logo

शुक्रवार, भाद्र २६ गते २०८३

आफूविरुद्ध भ्रामक आरोप फैलाइएको भन्दै राप्रपा सांसद शाहीले संसद्मै दिए ‘अग्निपरीक्षा’ को चुनौती

आफूविरुद्ध भ्रामक आरोप फैलाइएको भन्दै राप्रपा सांसद शाहीले संसद्मै दिए ‘अग्निपरीक्षा’ को चुनौती

जोईन खबर

२५, श्रावण २०८३
  • 358
    SHARES
  • आफूविरुद्ध भ्रामक आरोप फैलाइएको भन्दै राप्रपा सांसद शाहीले संसद्मै दिए ‘अग्निपरीक्षा’ को चुनौती

    २५ साउन काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले जन्मदेखि आजसम्म आफ्नो शरीरमा एक थोपा पनि मदिरा प्रयोग भएको प्रमाणित भए सांसद पदबाटै राजीनामा दिने घोषणा गरेका छन्।

    images

    सोमबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै सांसद शाहीले आफूविरुद्ध मदिरा सेवन गरेर जथाभावी बोलेको तथा अश्लील भिडियो सार्वजनिक भएकोजस्ता भ्रामक आरोपहरू फैलाइएको भन्दै त्यसको खण्डन गरेका हुन्।

    उनले आफूलाई लागेको आरोप प्रमाणित गर्न संसद्कै स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीबाट आफ्नो शरीर परीक्षण गर्नसमेत चुनौती दिए। आज ममाथि गम्भीर किसिमका आरोप लागेका छन् । रक्सी खाएर जे पायो त्यही बोल्यो, अश्लील भिडियोहरू आए भन्ने आरोप लगाइएका छन्,’ शाहीले भने, ‘म सिंगो देशलाई साक्षी राखेर यो संसद्को रोष्ट्रममा उभिएर अपिल गर्न चाहन्छु– यही संसद्मा स्वास्थ्य विभाग छ। स्वास्थ्यकर्मीसहितको टोली राखियोस्।’

    उनले आफ्नो रगतदेखि छालासम्म परीक्षण गर्न आग्रह गर्दै जन्मदेखि अहिलेसम्म मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने बताए।‘चिकित्सकको टोलीबाट मेरो शरीरको प्रत्येक अंग जाँचियोस् । मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस् । जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्र पनि मेरो शरीरमा कहीँ प्रयोग भएको र कतै देखियो भने म सांसद पदबाट राजीनामा दिन तयार छु,’ उनले भने।

    शाहीले आफूविरुद्ध गलत तथा भ्रामक सूचना फैलाउनेहरूको समेत स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गरे। सामाजिक सञ्जालमा फैलाइने अपुष्ट सूचना र आरोपले व्यक्तिको चरित्रमाथि गम्भीर असर पार्ने उनको भनाइ थियो।

    उनले नेपालको इतिहासमा गलत तथा भ्रामक सूचनाका कारण तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले आत्महत्या गरेको प्रसंगसमेत संसद्मा उठाए।‘यो संसद्मा म आज आफैंलाई अग्निपरीक्षा दिन उभिइरहेको छु । यो मेरोमात्रै होइन, नेपालको धेरैजसोको समस्या हो,’ शाहीले भने, ‘नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले गलत र भ्रामक सूचनाका कारण आफैंले घाँटी रेटेर आत्महत्या गरेको इतिहास छ । आज त्यस्तै अवस्था ममाथि आइपरेको छ।’

    उनले आफूविरुद्ध फैलाइएका आरोपका कारण ‘खाइ न पाइ छालाको टोली’ भन्ने उखान चरितार्थ भएको टिप्पणीसमेत गरे।सांसद शाहीले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै प्रमाणित गर्न नसक्ने गरी सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट भ्रम फैलाउने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।

    प्रकाशित मिति :श्रावण २५, २०८३ सोमवार - १६:४६:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको