Logo

शुक्रवार, भाद्र २६ गते २०८३

वरिष्ठ साहित्यकार तथा भाषाविद् डा.राजेन्द्र विमलको निधन, आजै अन्त्येष्टि गरिँदै

वरिष्ठ साहित्यकार तथा भाषाविद् डा.राजेन्द्र विमलको निधन, आजै अन्त्येष्टि गरिँदै

जोईन खबर

२६, श्रावण २०८३
  • 247
    SHARES
  • वरिष्ठ साहित्यकार तथा भाषाविद् डा.राजेन्द्र विमलको निधन, आजै अन्त्येष्टि गरिँदै

    २६ साउन काठमाडौँ । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको निधन भएको छ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी साहित्य तथा भाषा अध्ययनमा लामो समयदेखि सक्रिय विमलको ७९ वर्षको उमेरमा सोमबार राति निधन भएको हो।

    images

    उनका कान्छा छोरा डा. विभाष लाभका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर परिवारका सदस्यसँग कुराकानी गरिरहेका बेला विमल अचानक बिरामी परेका थिए। उनलाई तत्काल नजिकैको अस्पताल लगिए पनि उपचारकै क्रममा राति पौने १ बजे निधन भएको हो।विमलको निधनसँगै नेपाली तथा मैथिली साहित्यले एक बहुआयामिक स्रष्टा गुमाएको साहित्य क्षेत्रका व्यक्तिहरूले बताएका छन्।

    हाल उनको पार्थिव शरीर जनकपुरधाम उपमहानगरपालिका–१०, देवीचोकस्थित आफ्नै निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ। साहित्यकार, प्राध्यापक, लेखक, विद्यार्थी तथा शुभेच्छुकहरू उनको अन्तिम श्रद्धाञ्जलीका लागि निवासमा पुगिरहेका छन्।

    डा. विमलले नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्यका विभिन्न विधामा कलम चलाएका थिए। भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर गरेका थिए।

    साहित्य सिर्जनासँगै अध्यापन तथा भाषा अनुसन्धानमा समेत उनको महत्वपूर्ण योगदान रहेको थियो। उनी विसं २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा जोडिएका थिए।

    लामो समय शिक्षण, अनुसन्धान र साहित्य सिर्जनामा सक्रिय विमलले साहित्यलाई केवल सिर्जनाको माध्यमका रूपमा मात्र नभई भाषा, समाज र संस्कृतिको अध्ययनसँग समेत जोडेर अघि बढाएका थिए। उनका लेखनमा नेपाली तथा मैथिली समाजको सामाजिक, सांस्कृतिक र भाषिक परिवेशको प्रभाव स्पष्ट रूपमा देखिने साहित्य क्षेत्रका जानकारहरू बताउँछन्।

    साहित्य तथा भाषा क्षेत्रमा पुर्‍याएको योगदानका लागि डा. विमल विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित भएका थिए। उनले जगदम्बाश्री पुरस्कार, मधुपर्क सम्मान लगायत थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए।साहित्य सिर्जना, भाषा अध्ययन र अध्यापनका माध्यमबाट उनले चार दशकभन्दा लामो समय नेपाली तथा मैथिली साहित्य क्षेत्रमा योगदान पुर्‍याएका थिए।

    यसैबीच, डा. विमलको आजै अन्त्येष्टि गरिने भएको छ। साहित्यकार डा। विजय दत्तका अनुसार उनको पार्थिव शरीरको आज दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिनेछ।

    प्रकाशित मिति :श्रावण २६, २०८३ मंगलवार - १०:३५:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको