Logo

शुक्रवार, भाद्र २६ गते २०८३

ग्यास हाहाकारबारे आशिका तामाङले संसद्मा सुनाइन् व्यंग्यात्मक कविता

ग्यास हाहाकारबारे आशिका तामाङले संसद्मा सुनाइन् व्यंग्यात्मक कविता

जोईन खबर

२६, श्रावण २०८३
  • 550
    SHARES
  • ग्यास हाहाकारबारे आशिका तामाङले संसद्मा सुनाइन्  व्यंग्यात्मक कविता

    २६ साउन काठमाडौँ ।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङन्तै मुलुकमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै संसद्मा व्यंग्यात्मक कविता सुनाएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले ग्यासको अभावका कारण सर्वसाधारणले भोग्नुपरेको दुःख र हैरानीलाई कवितामार्फत प्रस्तुत गरेकी हुन्। उनले बजारमा ग्यास नपाउँदा नागरिकहरू लामो समयसम्म लाइनमा बस्त्र र खाली सिलिन्डर बोकेर टाढाटाढासम्म पुग्न बाध्य भएको उल्लेख गरिन्। उनले ग्यासको पहुँचमा समेत विभेद भइरहेको संकेत गर्दै पहुँच हुनेहरूले एकैपटक धेरै सिलिन्डर लैजाने गरेको भन्दै व्यंग्य गरिन् ।

    images

    उनको कविता यस्तो थियो

    ग्यास, ग्यास, ग्यास 
    भएन भने रोकिन्छ खाने गाँस 
    हातमा छ क्यास 
    तर, बजारमा छैन ग्यास !

    पहुँच हुनेवालाहरूले तान्छन् छानीछानी 
    भरि सिलिन्डर तीन वटासम्म ग्यास 
    अनि हुँदैन त छिमेकीको घरमा
     हाहाकार, भोक र प्यास 
    सरकार भन्छ( पुग्नेछ ग्यास 
    जनताहरू रात(दिन सडकमा छ 
    बोकी सिलिन्डर, बोकी उठीबास ।

    थानकोटको मान्छे 
    खाली सिलिन्डर बोकी पुग्नुपर्छ 
    बालाजु र टेकु 
    यिनका मनको पीडा म कहाँ गई पोखु ?

    लाग्दछ, मलाई रमाइलो 
    मेरै पाखा पखेरो 
    हिमाल फेदीमुन्तिर 
    कहिले बन्छ ग्यास भर्ने पँधेरी ?

     

    सांसद तामाङले ग्यासको अभावले विशेषगरी दैनिक ज्यालादारी तथा निम्न आय भएका परिवार बढी प्रभावित भएको बताउँदै सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।पछिल्लो समय ग्यास लिन उपभोक्ताहरू बिहानैदेखि लामो लाइनमा बस्नुपर्ने अवस्था देखिएको छ। बालाजु, टेकुलगायतका क्षेत्रमा ग्यासका लागि उपभोक्ताहरूले घण्टौं कुर्नुपरेको गुनासो गर्दै आएका छन्। यही अवस्थालाई लक्षित गर्दै सांसद तामाङले संसद्‌मा कवितामार्फत सरकार र सम्बन्धित निकायप्नति व्यंग्य गरेकी हुन्।

    प्रकाशित मिति :श्रावण २६, २०८३ मंगलवार - १५:५३:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको