Logo

शुक्रवार, भाद्र २६ गते २०८३

छिन्चु–जाजरकोट सडकखण्डमा जिप भेरी नदीमा खस्यो

छिन्चु–जाजरकोट सडकखण्डमा जिप भेरी नदीमा खस्यो

जोईन खबर

२७, श्रावण २०८३
  • 262
    SHARES
  • छिन्चु–जाजरकोट सडकखण्डमा जिप भेरी नदीमा खस्यो

    २७ साउन काठमाडौँ । सल्यानको बनगाड कुपिण्डे–१ बाङ्गिरह नजिकै जिप दुर्घटना भएकाे छ ।  छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ बाङ्गिरह नजिकै जिप दुर्घटना भएर भेरी नदीमा खसेको छ ।

    images

    प्रहरीका अनुसार लु १ ज ३०२२ नम्बरको जिप बालुवासङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो । सडकबाट अनियन्त्रित भएर जिप भेरी नदीमा खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

    दुर्घटनापछि जिप नदीमा खसेकाले त्यसमा सवार यात्रुहरूको अवस्थाबारे तत्काल स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन । घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार तथा खोजी कार्य अघि बढाएको छ ।

    दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    प्रकाशित मिति :श्रावण २७, २०८३ बुधवार - १५:१४:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको