Logo

शुक्रवार, भाद्र २६ गते २०८३

सरकारले दुई बहालवाला सचिवको राजीनामा स्वीकृत गर्‍यो

सरकारले दुई बहालवाला सचिवको राजीनामा स्वीकृत गर्‍यो

जोईन खबर

२७, श्रावण २०८३
  • 322
    SHARES
  • सरकारले दुई बहालवाला सचिवको राजीनामा स्वीकृत गर्‍यो

    २७ साउन काठमाडौं । सरकारले बहालवाला दुई सचिवको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सचिवद्वय कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।

    images

    मन्त्रिपरिषद्ले राजीनामा स्वीकृत गरेसँगै दुवै सचिवले पदबाट राजीनामा दिएको विवरण सार्वजनिक भएको हो । कमलप्रसाद पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए । उनले आफ्नो पदावधि बाँकी रहँदै राजीनामा दिएका हुन् । पोखरेल आगामी २३ भदौ २०८४ सम्म पदमा बहाल रहन पाउने अवस्था थियो ।

    त्यस्तै, सचिव बाबुराम अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । निजामती किताबखानाको अभिलेखअनुसार अधिकारी आगामी ४ भदौमा अनिवार्य अवकाशमा जाने तयारीमा थिए । उनले अवकाशको करिब एक साताअघि नै राजीनामा दिएका हुन् ।

    दुवै सचिवको राजीनामा स्वीकृत भएसँगै सम्बन्धित मन्त्रालय तथा कार्यालयमा नयाँ सचिव व्यवस्थापनको प्रक्रिया अघि बढ्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयसँगै लामो समय निजामती सेवामा रहेर जिम्मेवारी सम्हालेका दुई सचिवको सेवा अवधि औपचारिक रूपमा समाप्त भएको छ ।

    प्रकाशित मिति :श्रावण २७, २०८३ बुधवार - १५:२४:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको