Logo

शुक्रवार, भाद्र २६ गते २०८३

पत्रकार किशोर श्रेष्ठ पक्राउ, वैयक्तिक गोपनीयता उल्लंघनको आरोपमा अनुसन्धान

पत्रकार किशोर श्रेष्ठ पक्राउ, वैयक्तिक गोपनीयता उल्लंघनको आरोपमा अनुसन्धान

जोईन खबर

२७, श्रावण २०८३
  • 442
    SHARES
  • पत्रकार किशोर श्रेष्ठ पक्राउ, वैयक्तिक गोपनीयता उल्लंघनको आरोपमा अनुसन्धान

    २७ साउन काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरस्थित उनको निवासबाट प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको उच्च स्रोतले पुष्टि गरेको छ। श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली परिचालित भएको थियो।

    images

    प्रहरीका अनुसार श्रेष्ठलाई (वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा) अनुसन्धानका लागि पक्राउ गरिएको हो।

    श्रेष्ठविरुद्ध परेको उजुरी तथा आरोपका विषयमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। पक्राउपछि उनलाई प्रहरी कार्यालय लगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।

    घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानका क्रममा प्राप्त तथ्य र प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ।

    प्रकाशित मिति :श्रावण २७, २०८३ बुधवार - २१:४५:२९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको