Logo

शुक्रवार, भाद्र २६ गते २०८३

जनआस्थाको कार्यालयमा हतियारधारी प्रहरी, समाचार कक्ष कब्जा गरेर लगियो कम्प्युटरसहितका सामग्री

जनआस्थाको कार्यालयमा हतियारधारी प्रहरी, समाचार कक्ष कब्जा गरेर लगियो कम्प्युटरसहितका सामग्री

जोईन खबर

२८, श्रावण २०८३
  • 211
    SHARES
  • जनआस्थाको कार्यालयमा हतियारधारी प्रहरी, समाचार कक्ष कब्जा गरेर लगियो कम्प्युटरसहितका सामग्री

    २८ साउन काठमाडौं । जनआस्था साप्ताहिकको कार्यालयमा हतियारधारी प्रहरी प्रवेश गरी समाचार कक्षमा रहेका कम्प्युटरसहितका सामग्री नियन्त्रणमा लिएको छ। प्रहरी टोलीले कार्यालयको समाचार कक्षमा प्रवेश गरी त्यहाँ रहेका कम्प्युटर तथा अन्य सामग्री कब्जामा लिएर लगेको जनआस्थाका कर्मचारीहरूले बताएका छन्।

    images

    घटनाका क्रममा ठूलो संख्यामा हतियारधारी प्रहरी कार्यालय परिसरमा पुगेका थिए। प्रहरीले समाचार कक्ष नियन्त्रणमा लिएपछि कार्यालयको नियमित कामसमेत प्रभावित भएको बताइएको छ।

    यसअघि जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो। एक युवतीले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंमा वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी परेको र सोही आधारमा श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ। समाचार कक्षबाट कम्प्युटरसहितका सामग्री नियन्त्रणमा लिनुको कारण र प्रहरीले कुन(कुन सामग्री लगेको भन्नेबारे थप विवरण आउन बाँकी छ।

    प्रकाशित मिति :श्रावण २८, २०८३ बिहिवार - ११:३३:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको