Logo

शुक्रवार, भाद्र २६ गते २०८३

जसपा नेपालको नयाँ केन्द्रीय समिति २७९ सदस्यीय, महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष

जसपा नेपालको नयाँ केन्द्रीय समिति २७९ सदस्यीय, महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष

जोईन खबर

३१, श्रावण २०८३
  • 250
    SHARES
  • जसपा नेपालको नयाँ केन्द्रीय समिति २७९ सदस्यीय, महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष

    ३१ साउन काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकता भएपछि २७९ सदस्यीय नयाँ केन्द्रीय समिति गठन गरेको छ। महन्थ ठाकुर नेतृत्वको तोसपासँगको एकतापछि जसपा नेपालले एकीकृत पार्टीको नयाँ केन्द्रीय संरचना निर्माण गरेको हो। नयाँ संरचनाअनुसार महन्थ ठाकुरलाई पार्टीको संरक्षक तथा उपेन्द्र यादवलाई अध्यक्षको जिम्मेवारी दिइएको छ। त्यस्तै, ३३ सदस्यीय पदाधिकारी संरचना बनाइएको छ। जसमा शरत्सिंह भण्डारीलाई सहअध्यक्ष तथा रकम चेम्जोङलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ।

    images

    पार्टीको उपाध्यक्षमा उमाकान्त चौधरी, जितेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणुकुमारी यादव रहेका छन्। त्यस्तै, महासचिवको जिम्मेवारी प्रकाश अधिकारी, लालबाबु राउत र डा। सुरेन्द्र झालाई दिइएको छ। उपमहासचिवमा जयनुल राइन, दीपक कार्की, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी, राजकुमार राई, रेखा यादव र लीलादेवी सिटौला रहेका छन्।पार्टीको सचिवमा ११ जना रहेका छन् भने कोषाध्यक्षको जिम्मेवारी सुरिताकुमारी साहलाई दिइएको छ।

    एकीकृत जसपा नेपालको नयाँ कार्यकारिणी समिति २९ सदस्यीय रहेको छ। २७९ सदस्यीय केन्द्रीय समितिमा लोसपा नेपालबाट मात्रै ११० जना सदस्य समेटिएका छन्।तोसपा र जसपा नेपालबीचको एकतापछि दुवै पक्षका नेताहरूलाई समेटेर नयाँ सांगठनिक संरचना निर्माण गरिएको हो। नयाँ संरचनाले पार्टीताई थप व्यवस्थित गर्दै आगामी राजनीतिक गतिविधि र संगठन विस्तारलाई अघि बढाउने अपेक्षा गरिएको छ।

    Press Release.pdf :To download file click here

    प्रकाशित मिति :श्रावण ३१, २०८३ आइतवार - १३:१२:५१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको