Logo

शुक्रवार, भाद्र २६ गते २०८३

म्यादी प्रहरीदेखि लोकसेवा आयोगको उत्कृष्ट आठौँ स्थानसम्म,सालोनी पाण्डेको प्रेरणादायी सफलता

म्यादी प्रहरीदेखि लोकसेवा आयोगको उत्कृष्ट आठौँ स्थानसम्म,सालोनी पाण्डेको प्रेरणादायी सफलता

जोईन खबर

३१, श्रावण २०८३
  • 409
    SHARES
  • म्यादी प्रहरीदेखि लोकसेवा आयोगको उत्कृष्ट आठौँ स्थानसम्म,सालोनी पाण्डेको प्रेरणादायी सफलता

    ३१ साउन काठमाडौँ । कपिलवस्तु जिल्लाकी २२ वर्षीया प्रतिभावान युवा सालोनी पाण्डेले दृढ इच्छाशक्ति, निरन्तर लगनशीलता र अथक मिहिनेतका बलमा सफलताको नयाँ उचाइ चुम्नुभएको छ।

    images

    ‘जहाँ रहे पनि, जसरी भए पनि राष्ट्रको सेवा गर्ने’ अठोट बोकेकी पाण्डेले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा म्यादी प्रहरीका रूपमा खटिएर इमान्दारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुभएको थियो। राष्ट्रसेवाप्रतिको यही सपनालाई अझ फराकिलो बनाउँदै उहाँले लोक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा पहिलो प्रयासमै ५८४ जना सफल उम्मेदवारमध्ये उत्कृष्ट आठौँ स्थान हासिल गर्न सफल हुनुभएको छ।

    अनुशासन, निरन्तर मेहनत र आत्मबल भए असम्भव केही छैन भन्ने उदाहरण प्रस्तुत गर्दै म्यादी प्रहरीबाट स्थायी राष्ट्रसेवक बन्ने पाण्डेको संघर्ष र सफलता हजारौँ युवाका लागि प्रेरणाको स्रोत बनेको छ।

    सालोनी पाण्डेलाई यस ऐतिहासिक सफलताका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी कार्यकाल अझ सफल, गौरवपूर्ण र उपलब्धिमूलक रहोस् भन्ने कामना गर्दछौँ। उहाँको उज्ज्वल भविष्यको हार्दिक शुभेच्छा।

    प्रकाशित मिति :श्रावण ३१, २०८३ आइतवार - २१:१५:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको