Logo

शुक्रवार, भाद्र २६ गते २०८३

मोरङ कारागारमा बिहानैदेखि तनाव, खानतलासीको विरोधमा छतमा चढेर कैदीबन्दीको नाराबाजी

मोरङ कारागारमा बिहानैदेखि तनाव, खानतलासीको विरोधमा छतमा चढेर कैदीबन्दीको नाराबाजी

जोईन खबर

१, भाद्र २०८३
  • 202
    SHARES
  • मोरङ कारागारमा बिहानैदेखि तनाव, खानतलासीको विरोधमा छतमा चढेर कैदीबन्दीको नाराबाजी

    १ भन्दौ काठमाडौँ । विराटनगरस्थित मोरङ कारागार सोमबार बिहानैदेखि तनावग्रस्त बनेको छ। प्रहरीले कारागारभित्र खानतलासी गरेको भन्दै ‘बी’ ब्लकका कैदीबन्दीले बिहानैदेखि नाराबाजी गरेका हुन्।

    images

    कारागार प्रशासनका अनुसार कैदीबन्दीहरू कारागार भवनको छतमा चढेर नाराबाजी गरिरहेका छन्। प्रहरी टोलीले कारागारभित्र लागूऔषधलगायत गैरकानुनी सामग्री रहे–नरहेको जाँच गर्न खानतलासी थालेपछि कैदीबन्दी आक्रोशित भएका हुन्।

    मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र जिल्ला प्रहरी प्रमुख एसपी कवित कटुवालसहित जिल्ला सुरक्षा समितिको टोलीको उपस्थितिमा ठूलो संख्यामा प्रहरी परिचालन गरी कारागारमा खानतलासी गरिएको थियो।

    प्रहरीले भने उक्त खानतलासीलाई नियमित सुरक्षा जाँचका रूपमा लिएको छ। एसपी कटुवालका अनुसार कारागारको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै समय–समयमा गरिने नियमित निरीक्षण तथा जाँचकै क्रममा खानतलासी गरिएको हो।

    प्रहरी स्रोतका अनुसार कारागारमा रहेका केही कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गर्ने तयारीसमेत गरिएको थियो। तर कैदीबन्दीले नाराबाजी गर्दै विरोध जनाएपछि तत्कालका लागि स्थानान्तरणको योजना स्थगित गरिएको एक प्रहरी अधिकारीले जानकारी दिएका छन्।

    खानतलासी र सम्भावित स्थानान्तरणको विषयलाई लिएर कैदीबन्दीले विरोध जनाएपछि कारागार परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कारागार परिसरलाई सुरक्षा घेरामा राखेको छ।

    कारागारभित्रको अवस्था नियन्त्रणमा राख्न सुरक्षा निकायले निगरानी बढाएको छ भने प्रशासनले घटनालाई थप तनावपूर्ण हुन नदिन आवश्यक समन्वय गरिरहेको जनाएको छ। कारागारमा नाराबाजी जारी रहेकाले थप सुरक्षा सतर्कता अपनाइएको छ।

    प्रकाशित मिति :भाद्र १, २०८३ सोमवार - १०:१५:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको