Logo

शुक्रवार, भाद्र २६ गते २०८३

मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ र विपक्षमा २६ मत

मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ र विपक्षमा २६ मत

जोईन खबर

१, भाद्र २०८३
  • 412
    SHARES
  • मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ र विपक्षमा २६ मत

    १ भन्दौ काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा मुख्यमन्त्री आचार्यको पक्षमा ४५ मत र विपक्षमा २६ मत परेको हो।

    images

    मतदान प्रक्रिया सम्पन्न भएपछि प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले प्रदेशसभाको बहुमत विश्वास प्राप्त गरेको औपचारिक घोषणा गरेका हुन्।मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदहरूले विश्वासको मत दिएका छन्।

    त्यस्तै, नेपाली कांग्रेस र जनमत पार्टीका सांसदहरूले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० भने मतदान प्रक्रियामा तटस्थ बसेको थियो।प्रदेशसभामा भएको मतदानको परिणामसँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारलाई तत्कालका लागि राजनीतिक वैधानिकता थप बलियो भएको छ। विश्वासको मत प्राप्त गरेसँगै सरकारले प्रदेश सरकारका नीति तथा कार्यक्रम र आगामी कार्ययोजनालाई अघि बढाउने बाटोसमेत सहज भएको छ।

    मुख्यमन्त्री आचार्यले प्रदेशको विकास, सुशासन र जनताका अपेक्षा सम्बोधन गर्ने विषयलाई प्राथमिकतामा राख्दै सरकार अघि बढाउने बताउँदै आएका छन्। विश्वासको मत प्राप्त भएपछि अब सरकारका आगामी काम र प्रदेशमा राजनीतिक सहकार्य कसरी अघि बढ्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

    प्रदेशसभामा भएको मत विभाजनले लुम्बिनी प्रदेशको पछिल्लो राजनीतिक समीकरणसमेत स्पष्ट पारेको छ। सत्तापक्षमा रहेका दलहरूको समर्थनका कारण मुख्यमन्त्री आचार्यले बहुमत जुटाउन सफल भएका हुन् भने कांग्रेस र जनमत पार्टी विपक्षमा उभिएका छन्। राप्रपाले भने तटस्थ रहने नीति लिएको छ।

    प्रकाशित मिति :भाद्र १, २०८३ सोमवार - १६:५३:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको