Logo

शुक्रवार, भाद्र २६ गते २०८३

जनकवि दुर्गालाल श्रेष्ठलाई ओलीले दिए श्रद्धाञ्जली

जनकवि दुर्गालाल श्रेष्ठलाई ओलीले दिए श्रद्धाञ्जली

जोईन खबर

१, भाद्र २०८३
  • 391
    SHARES
  • जनकवि दुर्गालाल श्रेष्ठलाई ओलीले दिए श्रद्धाञ्जली

    १ भन्दौ काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।अध्यक्ष ओलीले श्रेष्ठको बूढानीलकण्ठस्थित निवासमा पुगेर दिवंगत जनकविको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन्।

    images

    ओलीले श्रेष्ठको निधनले नेपाली साहित्य, भाषा, कला तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्। जनकवि श्रेष्ठले आफ्नो सिर्जनामार्फत नेपाली तथा नेपालभाषाको साहित्य र समाजमा महत्वपूर्ण योगदान पुर्‍याएको स्मरण गर्दै ओलीले उनको योगदानप्रति सम्मान व्यक्त गरेका हुन्।

    श्रेष्ठका रचना, विचार र सिर्जनाले नेपाली समाजमा चेतना र जागरण फैलाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै ओलीले उनको योगदान लामो समयसम्म स्मरणीय रहने बताए।श्रद्धाञ्जलीका क्रममा ओलीले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै दिवंगत श्रेष्ठको आत्माको चिरशान्तिको कामना गरेका छन्।

    जनकवि दुर्गालाल श्रेष्ठ नेपाली साहित्य र नेपालभाषाका चर्चित स्रष्टाका रूपमा परिचित थिए। कविता तथा साहित्यिक सिर्जनामार्फत उनले भाषा, संस्कृति, सामाजिक चेतना र जनजीवनका विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै आएका थिए। उनको निधनले साहित्यिक क्षेत्रमा ठूलो क्षति पुगेको साहित्यप्रेमीहरूले बताएका छन्।

    प्रकाशित मिति :भाद्र १, २०८३ सोमवार - १७:०१:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको