Logo

शुक्रवार, भाद्र २६ गते २०८३

सहिद प्रेम ढकाल अस्पतालमा MDGP डा. दिपेश कुँवरसहित स्वास्थ्यकर्मीलाई स्वागत

सहिद प्रेम ढकाल अस्पतालमा MDGP डा. दिपेश कुँवरसहित स्वास्थ्यकर्मीलाई स्वागत

जोईन खबर

२, भाद्र २०८३
  • 919
    SHARES
  • सहिद प्रेम ढकाल अस्पतालमा MDGP डा. दिपेश कुँवरसहित स्वास्थ्यकर्मीलाई स्वागत

    २ भन्दौ काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी हुँण्डीफाँटस्थित सहिद प्रेम ढकाल अस्पतालमा आउनुभएका MDGP डा. दिपेश कुँवर, डा. सुजन रोका लगायत सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई स्वागत गरिएको छ।

    images

    अस्पतालमा आयोजित कार्यक्रममा डा. दिपेश कुँवर, डा. सुजन रोका लगायत अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई स्वागत गर्दै गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो। स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्यकर्मीको सेवा उपलब्ध हुन थालेसँगै बारपाक सुलिकोट गाउँपालिका तथा आसपासका नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

    कार्यक्रममा अस्पतालको सेवा थप प्रभावकारी बनाउने, बिरामीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा अस्पतालको संस्थागत क्षमता विस्तार गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।

    नयाँ स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको आगमनसँगै अस्पतालबाट प्रदान हुँदै आएको स्वास्थ्य सेवामा थप सुधार आउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्। ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकको सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको उनीहरूको भनाइ छ।

    अस्पतालमा आबद्ध हुनुभएका डा. दिपेश कुँवर, डा. सुजन रोका लगायत सम्पूर्ण कर्मचारीलाई स्वागत गर्दै अस्पताल व्यवस्थापन तथा स्थानीय तहले आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर अझ प्रभावकारी बनाउन आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सहिद प्रेम ढकाल अस्पताललाई स्थानीय नागरिकको भरोसाको स्वास्थ्य संस्थाका रूपमा विकास गर्दै आवश्यक विशेषज्ञ सेवा विस्तार गर्ने प्रयास भइरहेको जनाइएको छ।

    प्रकाशित मिति :भाद्र २, २०८३ मंगलवार - १०:००:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको