Logo

शुक्रवार, भाद्र २६ गते २०८३

सभामुखले ‘मर्यादामा बस्नुस्’ भनेपछि जुरुक्क उठिन् आशिका तामाङ, संसदबाट बाहिरिइन्

सभामुखले ‘मर्यादामा बस्नुस्’ भनेपछि जुरुक्क उठिन् आशिका तामाङ, संसदबाट बाहिरिइन्

जोईन खबर

२, भाद्र २०८३
  • 358
    SHARES
  • सभामुखले ‘मर्यादामा बस्नुस्’ भनेपछि जुरुक्क उठिन् आशिका तामाङ, संसदबाट बाहिरिइन्

    २ भन्दौ काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ र सभामुखबीच भनाभनको अवस्था बनेपछि तामाङ बैठकबाट बाहिरिएकी छन्।

    images

    बैठकका क्रममा सभामुखले सांसदहरूलाई सदनको मर्यादा कायम राख्न आग्रह गर्दै ‘मर्यादामा बस्नुस्’ भनेपछि आशिका तामाङ आफ्नो स्थानबाट जुरुक्क उठेकी थिइन्। त्यसपछि सदनभित्र केहीबेर तनावपूर्ण अवस्था देखिएको थियो।

    यसअघि पनि सभामुखले तामाङलाई आफ्नो स्थानमा बस्न आग्रह गरेको र तामाङले त्यसप्रति असन्तुष्टि जनाउँदै उभिइरहेको दृश्य सार्वजनिक भएको थियो।

    घटनाक्रम बढ्दै गएपछि तामाङलाई बैठक कक्षबाट बाहिर लैजाने अवस्था बनेको समाचारहरूमा उल्लेख छ। यसअघि पनि संसद बैठकमा तामाङ आक्रोशित भएपछि रास्वपाकै सांसदहरूले उनलाई सम्हालेर बाहिर लगेको विवरण सार्वजनिक भएको थियो।

    संसदमा सांसदहरूले आफ्ना धारणा र असहमति राख्ने क्रममा सदनको मर्यादा कायम राख्नुपर्ने विषयलाई सभामुखले जोड दिँदै आएका छन्। पछिल्लो घटनाले भने संसदभित्र सांसद र सभामुखबीचको संवाद तथा व्यवहारलाई लिएर पुनः चर्चा चुलिएको छ।

    घटनाको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएपछि सांसद तामाङको व्यवहार र सभामुखको निर्देशनलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका छन्।

    प्रकाशित मिति :भाद्र २, २०८३ मंगलवार - १७:१३:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको