Logo

शुक्रवार, भाद्र २६ गते २०८३

कर्णालीका जनतालाई सिटामोल छैन, मन्त्रीलाई रुघाखोकी लाग्दा सेकेन्डमै हेलिकप्टरमार्फत काठमाडौं ,स्वास्थ्य सेवामाथि गम्भीर प्रश्न

कर्णालीका जनतालाई सिटामोल छैन, मन्त्रीलाई रुघाखोकी लाग्दा सेकेन्डमै हेलिकप्टरमार्फत काठमाडौं ,स्वास्थ्य सेवामाथि गम्भीर प्रश्न

जोईन खबर

३, भाद्र २०८३
  • 385
    SHARES
  • कर्णालीका जनतालाई सिटामोल छैन, मन्त्रीलाई रुघाखोकी लाग्दा सेकेन्डमै हेलिकप्टरमार्फत काठमाडौं ,स्वास्थ्य सेवामाथि गम्भीर प्रश्न

    ३ भन्दौ काठमाडौँ । कर्णालीका दुर्गम क्षेत्रमा सामान्य बिरामी हुँदा समेत सिटामोलजस्तो आधारभूत औषधि नपाउने अवस्था रहेको गुनासो भइरहेका बेला विभिन्न क्षेत्रमा अवलोकनका लागि पुगेका भाैतीक पूर्वाधार विकास यातायातमन्त्री सुनिल लम्साललाई सामान्य रुघाखोकी लागेपछि तत्काल हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको विषयले सामाजिक सञ्जालदेखि सार्वजनिक वृत्तसम्म प्रश्न उठाएको छ।

    images

    कर्णालीका ग्रामीण तथा दुर्गम बस्तीका नागरिकले सामान्य उपचारका लागि समेत घण्टौँ हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता रहेको बताइन्छ। कतिपय स्वास्थ्य संस्थामा आवश्यक औषधि, चिकित्सक तथा स्वास्थ्य उपकरणको अभाव हुने गरेको स्थानीयको गुनासो छ। यस्तो अवस्थामा राज्यका जिम्मेवार व्यक्तिले भने स्वास्थ्य समस्या देखिएलगत्तै विशेष सुविधा पाउने घटनाले सरकारी स्वास्थ्य सेवाको असमान पहुँचप्रति प्रश्न उठाएको हो।

    स्थानीय नागरिकको प्रश्न छ—‘सामान्य बिरामी पर्दा जनताले सिटामोलसमेत नपाउने, उपचारका लागि टाढा जानुपर्ने अवस्था छ। तर  मन्त्री लम्साललाई रुघाखोकी लाग्दा तत्काल हेलिकप्टरबाट काठमाडौं ल्याउनुपर्ने अवस्था भएकाे थियाे ।

    कर्णाली भौगोलिक रूपमा विकट भएकाले स्वास्थ्य सेवा विस्तार चुनौतीपूर्ण भए पनि राज्यले नागरिक र विशिष्ट व्यक्तिका लागि स्वास्थ्य सेवामा देखिएको फरक व्यवहारलाई अन्त्य गर्नुपर्ने आवाज उठेको छ। दुर्गम क्षेत्रमा आधारभूत औषधि, चिकित्सक र आकस्मिक उपचारको व्यवस्था सुनिश्चित गर्नुपर्ने स्थानीयको माग छ।

    लम्सालमन्त्रीको स्वास्थ्य अवस्थाका कारण हेलिकप्टरबाट काठमाडौं ल्याउनुपर्ने अवस्था चिकित्सकीय रूपमा आवश्यक थियो वा थिएन भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट जानकारी दिनुपर्ने मागसमेत उठेको छ। साथै, हेलिकप्टर प्रयोगको निर्णय, उपचारको अवस्था र त्यसका लागि भएको सरकारी खर्चबारे पारदर्शिता आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

    कर्णालीका नागरिकले भने आफूहरूलाई पनि राज्यले समान रूपमा स्वास्थ्य अधिकारको अनुभूति गराउनुपर्ने बताएका छन्। जनताको स्वास्थ्य उपचारका लागि आधारभूत औषधिसमेत सहज रूपमा उपलब्ध नहुने तर मन्त्रीका लागि तत्काल हवाई उद्धारको सुविधा उपलब्ध हुने अवस्थाले ‘समान नागरिक, असमान सुविधा’को अनुभूति गराएको उनीहरूको गुनासो छ।

    यस घटनाले कर्णालीको स्वास्थ्य प्रणालीमा रहेको समस्या र राज्यको प्राथमिकतामाथि पुनः बहस सिर्जना गरेको छ। अब सरकारले दुर्गम क्षेत्रमा औषधिको नियमित आपूर्ति, स्वास्थ्यकर्मीको उपलब्धता र आकस्मिक उद्धार प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने देखिन्छ।

    प्रकाशित मिति :भाद्र ३, २०८३ बुधवार - १०:०५:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको