Logo

शुक्रवार, भाद्र २६ गते २०८३

भोट फिर्ता लगेर जानुस्’ भन्ने अभिव्यक्तिबारे गृहमन्त्री गुरूङको भनाइ , ‘हामीबीचको जोक गरेर जिस्किएको हो 

भोट फिर्ता लगेर जानुस्’ भन्ने अभिव्यक्तिबारे गृहमन्त्री गुरूङको भनाइ , ‘हामीबीचको जोक गरेर जिस्किएको हो 

जोईन खबर

३, भाद्र २०८३
  • 376
    SHARES
  • भोट फिर्ता लगेर जानुस्’ भन्ने अभिव्यक्तिबारे गृहमन्त्री गुरूङको भनाइ , ‘हामीबीचको जोक गरेर जिस्किएको हो 

    ३ भन्दौ काठमाडौं — गृहमन्त्री तथा गोरखा क्षेत्र नं. १ का निर्वाचित सांसद सुधन गुरूङले आफ्नो निर्वाचन क्षेत्रमा मतदाता भेटघाटका क्रममा ‘तपाईंले दिनुभएको भोट फिर्ता लगेर जानुस्’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे स्पष्टीकरण दिएका छन्।

    images

    केही दिनअघि गृहमन्त्री गुरूङ आफ्नो निर्वाचन क्षेत्रमा जनताका गुनासा सुन्न तथा मतदातासँग भेटघाट गर्न गोरखाको शहीद लखन गाउँपालिका पुगेका थिए। सो क्रममा स्थानीय मतदाताले निर्वाचन अभियानका बेला आफूले गरेको प्रतिबद्धताबारे प्रश्न गरेका थिए।

    गुरूङले चुनावी अभियानका क्रममा शहीद लखन गाउँपालिकाको स्वास्थ्य चौकीमा ल्याब स्थापना गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै स्थानीयले ‘चुनावमा गरेको वाचा कहिले पूरा गर्नुहुन्छरु’ भनेर प्रश्न गरेका थिए।

    जवाफमा गुरूङले आफू मन्त्री बनेको चार महिना मात्रै भएको भन्दै चार महिनामै कायापलट गर्न नसकिने बताएका थिए। सोही क्रममा उनले ‘तपाईंहरूले दिनुभएको भोट फिर्ता लगेर जानुस्’ भन्ने अभिव्यक्ति दिएका थिए। उनको उक्त भनाइको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल बनेको थियो।

    भिडियो भाइरल भएपछि आज सिंहदरबारमा संसदीय दलको बैठक सकेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूले गृहमन्त्री गुरूङलाई उक्त अभिव्यक्तिबारे प्रश्न गरेका थिए।

    सञ्चारकर्मीले ‘आफ्नो निर्वाचन क्षेत्रमा मतदाता भेट्न गएको बेला तपाईंले भोट फिर्ता लगेर जानुस् भन्नुभएको थियो, अब भोट कहिले फिर्ता गर्नेरु’ भन्दै प्रश्न गरेका थिए।

    जवाफमा गुरूङले आफूले उक्त कुरा गम्भीर राजनीतिक अभिव्यक्तिका रूपमा नभई आपसमा गरेको ठट्टाका रूपमा भनेको दाबी गरे।‘हामीले आपसमा जोक गरेको हो। जोक गरेको कुरालाई हावा फैलाइएको हो,’ गुरूङले भने। उनले विकास निर्माणजस्ता विषयमा समेत आफूले मतदातासँग ठट्टा गरेको नभई आपसी चिनजान र सम्बन्धका कारण जिस्किएको बताए।

    ‘विकास निर्माणजस्ता कुरामा पनि जोक गर्ने हो ररु उहाँ मेरो आफ्नै पार्टीको मान्छे भएर जिस्किनुभएको थियो,’ गुरूङले स्पष्टीकरण दिँदै भने।गृहमन्त्री गुरूङले आफू र स्थानीयबीच भएको कुराकानीलाई भित्रको सन्दर्भबाट बाहिर निकालेर नराम्रो अर्थ लाग्ने गरी प्रस्तुत गरिएको दाबी गरे। उनले ‘भित्र बसेर हामी–हामीबीच गरेको कुरालाई नराम्रो बनाइएको’ बताए।

    उनको यो स्पष्टीकरणसँगै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र त्यसमा देखिएको प्रसंगबारे पुनः बहस सुरु भएको छ। एकातर्फ जनप्रतिनिधिले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने भन्दै प्रश्न उठाइएको छ भने अर्कोतर्फ गुरूङले भने उक्त अभिव्यक्तिलाई आपसी ठट्टाको प्रसंग भएको दाबी गरेका छन्।

    निर्वाचनका बेला मतदातासँग गरिएका प्रतिबद्धता, निर्वाचित भएपछि त्यसको कार्यान्वयन र जनप्रतिनिधिले मतदातासँग गर्ने संवादको शैलीलाई लिएर गृहमन्त्री गुरूङको पछिल्लो अभिव्यक्ति अहिले राजनीतिक वृत्तमा समेत चर्चाको विषय बनेको छ।

    प्रकाशित मिति :भाद्र ३, २०८३ बुधवार - १५:३४:५८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको