Logo

शुक्रवार, भाद्र २६ गते २०८३

सडकमार्ग हुँदै पोखरा निस्किए प्रधानमन्त्री बालेन, मुस्ताङ जाने कार्यक्रम

सडकमार्ग हुँदै पोखरा निस्किए प्रधानमन्त्री बालेन, मुस्ताङ जाने कार्यक्रम

जोईन खबर

५, भाद्र २०८३
  • 259
    SHARES
  • सडकमार्ग हुँदै पोखरा निस्किए प्रधानमन्त्री बालेन, मुस्ताङ जाने कार्यक्रम

    ५ भन्दौ काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सडकमार्ग हुँदै पोखरातर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेको बताइएको छ।

    images

    प्रधानमन्त्री शाह सवार गाडी शुक्रबार बिहान धादिङको पृथ्वी राजमार्ग खण्डमा केहीबेर रोकिएको थियो। त्यसपछि प्रधानमन्त्रीसहितको टोली पुनः पोखरातर्फ प्रस्थान गरेको धादिङका सुरक्षा स्रोतले जनाएको छ।

    प्रधानमन्त्रीको टोली धादिङको पृथ्वी राजमार्गमा केहीबेर रोकिए पनि यात्राको उद्देश्य र गन्तव्यबारे भने जिल्ला प्रहरी कार्यालय धादिङ स्पष्ट जानकारीमा नरहेको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय धादिङका एक अधिकृतका अनुसार प्रधानमन्त्रीसहितको टोली पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डमा केहीबेर रोकिएको जानकारी भए पनि त्यसपछि टोली कहाँतर्फ गएको र यात्राको विस्तृत कार्यक्रमबारे आफूहरूलाई जानकारी नभएको बताए।

    यद्यपि, प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। प्रधानमन्त्रीको सडकमार्गबाट भएको यो यात्रालाई लिएर सुरक्षा निकायले आवश्यक समन्वय र सुरक्षा व्यवस्था गरिरहेको बताइएको छ।प्रधानमन्त्रीको टोलीको पोखरा तथा मुस्ताङ भ्रमणको उद्देश्य र भेटघाटका कार्यक्रमबारे भने थप विवरण सार्वजनिक भइसकेको छैन।

    प्रकाशित मिति :भाद्र ५, २०८३ शुक्रवार - ११:०६:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको