Logo

शुक्रवार, भाद्र २६ गते २०८३

प्रधानमन्त्रीको टोली पोखराबाट हेलिकोप्टरमार्फत् मुस्ताङ जाने

प्रधानमन्त्रीको टोली पोखराबाट हेलिकोप्टरमार्फत् मुस्ताङ जाने

जोईन खबर

५, भाद्र २०८३
  • 313
    SHARES
  • प्रधानमन्त्रीको टोली पोखराबाट हेलिकोप्टरमार्फत् मुस्ताङ जाने

    ५ भन्दौ काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको टोली मुस्ताङ भ्रमणका क्रममा धादिङ पुगेको छ। प्रधानमन्त्रीको टोली सडकमार्ग हुँदै धादिङ पुगेपछि पोखरातर्फ अगाडि बढ्ने तयारीमा रहेको छ। पोखरा विमानस्थलबाट भने प्रधानमन्त्री शाहसहितको टोली हेलिकोप्टरमार्फत् मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ।

    images

    प्रधानमन्त्रीको मुस्ताङ भ्रमणका लागि पोखरा विमानस्थलमा अगुस्टा कम्पनीको भिआइपी हेलिकोप्टर स्ट्यान्डबाइमा राखिएको छ। उक्त हेलिकोप्टर यसअघि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका क्रममा चर्चामा आएको थियो।

    गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको निजी निवासमा भीडको आक्रमण भएपछि उनलाई सुरक्षित स्थानमा लैजाने क्रममा उक्त हेलिकोप्टरसमेत ढुंगामुढाको निशानामा परेको थियो। घटनाका क्रममा हेलिकोप्टरमा क्षति पुगेपछि मर्मत गरिएको बताइएको छ।

    मर्मतपछि पुनः सञ्चालनमा आएको उक्त हेलिकोप्टरलाई प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणका लागि पोखरा विमानस्थलमा तयारी अवस्थामा राखिएको हो।

    प्रधानमन्त्रीको टोली धादिङ हुँदै पोखरा पुग्ने र त्यहाँबाट हेलिकोप्टरमार्फत् मुस्ताङ जाने तयारीमा रहेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मुस्ताङका विभिन्न क्षेत्रको अवस्थाबारे जानकारी लिने तथा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।

    प्रधानमन्त्रीको टोलीको आवागमनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। यद्यपि भ्रमणको विस्तृत कार्यतालिका र भेटघाटका कार्यक्रमबारे औपचारिक रूपमा थप विवरण सार्वजनिक हुन बाँकी छ।

    प्रकाशित मिति :भाद्र ५, २०८३ शुक्रवार - ११:५६:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको