Logo

शुक्रवार, भाद्र २६ गते २०८३

रास्वपाको केन्द्रीय समिति बैठक सुरु, उम्मेदवार छनोटदेखि पदाधिकारी मनोनयनसम्म छलफल हुने

रास्वपाको केन्द्रीय समिति बैठक सुरु, उम्मेदवार छनोटदेखि पदाधिकारी मनोनयनसम्म छलफल हुने

जोईन खबर

५, भाद्र २०८३
  • 322
    SHARES
  • रास्वपाको केन्द्रीय समिति बैठक सुरु, उम्मेदवार छनोटदेखि पदाधिकारी मनोनयनसम्म छलफल हुने

    ५ भन्दौ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक काठमाडौंको वनस्थलीस्थित घण्टी घर केन्द्रीय कार्यालयमा सुरु भएको छ।

    images

    महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका विभिन्न दस्तावेज, सांगठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम र अभियानलगायतका विषयमा विस्तृत छलफल हुने कार्यसूची रहेको छ।

    बैठकमा स्थानीय निर्वाचनलाई लक्षित गर्दै ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्ने विषयमा छलफल हुने बताइएको छ। त्यस्तै, निर्वाचित जनप्रतिनिधिलाई जनताले आफ्नो कार्यसम्पादनका आधारमा फिर्ता बोलाउन सक्ने ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ।

    सांगठनिक व्यवस्थापनतर्फ केन्द्रीय समिति सदस्य, पदाधिकारी तथा सचिवालय सदस्य मनोनयनका विषयमा छलफल हुनेछ। साथै विभिन्न विभागका प्रमुख मनोनयन तथा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठनसम्बन्धी विषयसमेत बैठकमा उठाइनेछ।

    त्यसैगरी, स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी रूपरेखाबारे केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यहरूको नेतृत्वमा अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुने महामन्त्री आचार्यले जानकारी दिएका छन्।

    बैठकले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावमाथि समेत छलफल गर्नेछ।

    स्थानीय निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, उम्मेदवार छनोट प्रक्रिया र पार्टीका आगामी अभियानलाई थप व्यवस्थित बनाउने विषयमा बैठकले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :भाद्र ५, २०८३ शुक्रवार - १३:०७:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको