Logo

शुक्रवार, भाद्र २६ गते २०८३

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त

जोईन खबर

६, भाद्र २०८३
  • 418
    SHARES
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त

    ६ भन्दौ काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

    images

    मेडिकल रेडियोग्राफी तथा मेडिकल इमेजिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव रहेका श्रेष्ठलाई सरकारले परिषद्को रजिस्ट्रारको जिम्मेवारी दिएको हो। यसअघि उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वरिष्ठ रेडियो टेक्नोलोजिस्टका रूपमा कार्यरत थिए।

    श्रेष्ठले भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत जवाहरलाल नेहरू मेडिकल कलेजबाट मेडिकल रेडियोग्राफीमा स्नातक गरेका छन्। उनले राजस्थानस्थित नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेस विश्वविद्यालयबाट रेडिएसन तथा इमेजिङ टेक्नोलोजीमा स्नातकोत्तरसमेत गरेका छन्।

    नेपाल स्वास्थ्य व्यवसायी परिषद् नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ अन्तर्गत स्थापित स्वायत्त निकाय हो। परिषद्ले मेडिकल डाक्टर, नर्स, फार्मासिस्ट र आयुर्वेदबाहेकका स्वास्थ्य व्यवसायीको योग्यता तथा नाम दर्ता गरी उनीहरूको पेशालाई व्यवस्थित र गुणस्तरीय बनाउन काम गर्दै आएको छ।

    रजिस्ट्रारको नियुक्तिसँगै परिषद्का प्रशासनिक तथा व्यावसायिक कामलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। परिषद्ले हाल स्वास्थ्य व्यवसायीको नाम दर्ता, लाइसेन्स नवीकरण, लाइसेन्सिङ परीक्षा तथा स्वास्थ्य संस्थाको निरीक्षणलगायतका काम गर्दै आएको छ।

    प्रकाशित मिति :भाद्र ६, २०८३ शनिवार - २०:५७:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको