Logo

बिहिवार, श्रावण १४ गते २०८३

सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ब्यक्ति पक्राउ !!

सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ब्यक्ति पक्राउ !!

जोईन खबर

२९, बैशाख २०८०
  • 601
    SHARES
  • सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ब्यक्ति  पक्राउ  !!

    २९ बैशाख काठमाडौ।सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा बाह्रदशी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने सृजन निरौलालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images

    निरौला समेतले १२ जनालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाई प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ९५ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनांगलबाट पक्राउ गरेको हो ।

    प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - १४:०९:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको