Logo

शुक्रवार, भाद्र २६ गते २०८३

गोरखा–१ को विकास र जनगुनासो सम्बोधनबारे गृहमन्त्रीसँग रास्वपा नेताहरूको रणनीतिक छलफल

गोरखा–१ को विकास र जनगुनासो सम्बोधनबारे गृहमन्त्रीसँग रास्वपा नेताहरूको रणनीतिक छलफल

जोईन खबर

७, भाद्र २०८३
  • 205
    SHARES
  • गोरखा–१ को विकास र जनगुनासो सम्बोधनबारे गृहमन्त्रीसँग रास्वपा नेताहरूको रणनीतिक छलफल

    ७ भन्दौ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाका नेताहरूले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरी गोरखा निर्वाचन क्षेत्र नम्बर १ को समग्र विकास निर्माण तथा जनताका गुनासा र सुझाव सम्बोधनका विषयमा छलफल गरेका छन्।

    images

    भेटवार्ताका क्रममा गोरखा–१ मा देखिएका विकास निर्माणका समस्या, स्थानीयस्तरमा जनताले भोग्दै आएका कठिनाइ तथा आगामी दिनमा प्राथमिकताका आधारमा अघि बढाउनुपर्ने योजनाबारे गृहमन्त्री गुरुङसँग विस्तृत छलफल भएको रास्वपा नेता रामचन्द्र पोखरेलले जानकारी दिए।

    पोखरेलका अनुसार निर्वाचन क्षेत्रको समग्र विकासलाई प्रभावकारी ढंगले अघि बढाउने, स्थानीय नागरिकका गुनासा तथा सुझावलाई सम्बोधन गर्ने र जनतासँग प्रत्यक्ष जोडिएका विषयमा सरकारको ध्यानाकर्षण गराउने विषयमा रणनीतिक छलफल भएको हो।

    उनले गोरखाको विकासका लागि संघीय सरकार, स्थानीय तह र सरोकारवाला निकायबीच आवश्यक समन्वय बढाउनुपर्नेमा पनि जोड दिइएको बताए।

    भेटमा स्थानीय विकासका प्राथमिकता, जनताका समस्या तथा आगामी दिनमा ती समस्या समाधानका लागि चाल्नुपर्ने कदमबारे समेत छलफल भएको बताइएको छ।

    रास्वपा गोरखाका नेताहरूले जनताको प्रत्यक्ष सरोकारका विषयलाई प्राथमिकतामा राख्दै विकास निर्माणका कामलाई परिणाममुखी बनाउन सरकारसँग निरन्तर समन्वय र सहकार्य गर्ने बताएका छन्।

    प्रकाशित मिति :भाद्र ७, २०८३ आइतवार - २१:३७:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको