Logo

शुक्रवार, भाद्र २६ गते २०८३

नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, सहायक प्राध्यापकदेखि स्टाफ नर्ससम्म माग

नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, सहायक प्राध्यापकदेखि स्टाफ नर्ससम्म माग

जोईन खबर

८, भाद्र २०८३
  • 214
    SHARES
  • नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, सहायक प्राध्यापकदेखि स्टाफ नर्ससम्म माग

    ८ भन्दौ काठमाडौँ । नेपाल मेडिकल कलेजले विभिन्न पदमा योग्य तथा अनुभवी जनशक्ति नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। कलेजले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवालाई थप व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले सहायक प्राध्यापकरलेक्चररदेखि स्टाफ नर्स, इन्जिनियर तथा प्राविधिक जनशक्तिसम्म माग गरेको हो।

    images

    कलेजले शुक्रबार सूचना प्रकाशित गर्दै सहायक प्राध्यापकरलेक्चरर, विद्युत् इन्जिनियर, बायोमेडिकल इन्जिनियर, क्याथ ल्याब प्राविधिक, स्टाफ नर्स तथा डेन्टल हाइजिनिस्टलगायत विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको छ।

    सहायक प्राध्यापकरलेक्चरर पदका लागि ग्यास्ट्रोएन्टेरोलोजी मेडिसिन, कार्डियोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर तथा न्युरोलोजी विषयमा डीएमरएमडी ९५ वर्षे० तथा सम्बन्धित फेलोसिप प्राप्त गरेका योग्य उम्मेदवारले आवेदन दिन सक्नेछन्।

    त्यसैगरी, रेडियोडायग्नोसिस ९इन्टरभेन्सनल रेडियोलोजी०, बायोकेमिस्ट्री, फरेन्सिक मेडिसिन तथा मेडिकल इमेजिङ टेक्नोलोजीसम्बन्धी शैक्षिक योग्यता भएका उम्मेदवारका लागि पनि रोजगारीको अवसर खुला गरिएको छ।

    विद्युत् इन्जिनियर तथा बायोमेडिकल इन्जिनियर पदका लागि सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारले आवेदन दिनुपर्नेछ। यस्तै, क्याथ ल्याब प्राविधिक, स्टाफ नर्स तथा डेन्टल हाइजिनिस्ट पदका लागि सम्बन्धित विषयको शैक्षिक योग्यता, व्यावसायिक दर्ता तथा आवश्यक लाइसेन्स प्राप्त गरेका उम्मेदवारलाई आवेदन दिन आह्वान गरिएको छ।

    कलेजले सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ। आवेदन दिने उम्मेदवारले सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, अनुभव तथा अन्य आवश्यक मापदण्ड पूरा गरेको हुनुपर्नेछ।

    इच्छुक तथा योग्य उम्मेदवारले नेपाल मेडिकल कलेजको करियर पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। साथै, आफ्नो बायोडाटा तथा आवश्यक कागजात इमेलमार्फत career@nmcth.edu मा पठाउन सकिने कलेजले जनाएको छ।

    उम्मेदवारहरूले आवेदन दिनुअघि आफूले आवेदन गर्न चाहेको पदका लागि तोकिएको शैक्षिक योग्यता, कार्य अनुभव, व्यावसायिक दर्ता, लाइसेन्स तथा अन्य आवश्यक सर्तहरू ध्यानपूर्वक अध्ययन गर्नुपर्नेछ।

    नेपाल मेडिकल कलेजले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति थप गर्दै सेवा तथा शैक्षिक गतिविधिलाई अझ प्रभावकारी बनाउने उद्देश्यले विभिन्न पदमा नियुक्ति प्रक्रिया अघि बढाएको जनाएको छ।

    प्रकाशित मिति :भाद्र ८, २०८३ सोमवार - ११:१०:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको