Logo

शुक्रवार, भाद्र २६ गते २०८३

रास्वपाका पूर्वनगर सभापति रामहरि न्यौपाने कांग्रेसमा प्रवेश

रास्वपाका पूर्वनगर सभापति रामहरि न्यौपाने कांग्रेसमा प्रवेश

जोईन खबर

८, भाद्र २०८३
  • 205
    SHARES
  • रास्वपाका पूर्वनगर सभापति रामहरि न्यौपाने कांग्रेसमा प्रवेश

    ८ भन्दौ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर, सर्लाहीका पूर्वनगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। न्यौपानेलाई कांग्रेस सभापति गगन थापाले पार्टीमा स्वागत गरेका हुन्।

    images

    सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति थापाले न्यौपानेलाई टीका र खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन्। कांग्रेस प्रवेशपछि न्यौपानेले लोकतान्त्रिक पार्टीमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा जनताको सेवामा सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

    उनले पार्टीले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै स्थानीयस्तरमा जनताका समस्या, आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।कार्यक्रममा कांग्रेस सभापति थापाले न्यौपानेलाई पार्टीमा सक्रिय भएर काम गर्न आग्रह गरे। उनले न्यौपानेजस्ता अनुभवी स्थानीय नेताको प्रवेशले सर्लाहीमा कांग्रेसको संगठन विस्तार र सुदृढीकरणमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    थापाले नयाँ सदस्य तथा नेताहरूको सहभागिताले कांग्रेसको संगठनलाई थप बलियो बनाउँदै आगामी दिनमा जनतासँगको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने बताए । न्यौपानेको कांग्रेस प्रवेशलाई सर्लाहीमा कांग्रेसले आफ्नो संगठन विस्तारलाई तीव्रता दिने क्रममा महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ। स्थानीय तहमा प्रभाव राख्ने नेताहरूको प्रवेशले आगामी दिनमा जिल्लाको राजनीतिक समीकरणमा समेत प्रभाव पार्न सक्ने कांग्रेस नेताहरूको अपेक्षा छ।

    प्रकाशित मिति :भाद्र ८, २०८३ सोमवार - ११:४७:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको