Logo

शुक्रवार, भाद्र २६ गते २०८३

सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक उडान, काठमाडौं धाउन नपर्ने : मुख्यमन्त्री पाण्डे

सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक उडान, काठमाडौं धाउन नपर्ने : मुख्यमन्त्री पाण्डे

जोईन खबर

८, भाद्र २०८३
  • 226
    SHARES
  • सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक उडान, काठमाडौं धाउन नपर्ने :  मुख्यमन्त्री पाण्डे

    ८ भन्दौ काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी सेप्टेम्बर २३ देखि पोखराबाट दुबईका लागि दैनिक हवाई उडान सुरु हुने बताएका छन्। उनले गण्डकी प्रदेशका नागरिकलाई अन्तर्राष्ट्रिय यात्राका लागि काठमाडौं धाउनुभन्दा पोखरा विमानस्थलबाटै उडान भर्न आग्रह गरेका छन्।

    images

    मुख्यमन्त्री पाण्डेका अनुसार flydubai ले सेप्टेम्बर २३ देखि पोखरा–दुबई नियमित दैनिक उडान सञ्चालन गर्ने तयारी गरेको छ। यसअघि पनि पोखराबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भए पनि पर्याप्त यात्रु नपाउँदा निरन्तरता पाउन नसकेको उनले बताए।

    पाण्डेले आगामी दिनमा पोखरा–दुबई उडानलाई यात्रुको पर्याप्त समर्थन मिल्ने विश्वास व्यक्त गरे। उनका अनुसार दुबईबाट विभिन्न मुलुकतर्फ जाने धेरै कनेक्टिङ फ्लाइट रहेकाले पोखराबाट दुबई हुँदै युरोप, अमेरिका तथा अन्य गन्तव्यमा जाने यात्रुलाई समेत सहज हुने अपेक्षा गरिएको छ।

    मुख्यमन्त्री पाण्डेले भने, ‘यही सेप्टेम्बर २३ तारिखदेखि फ्लाई दुबईले पोखरा–दुबई दैनिक फ्लाइट गर्दैछ। पहिले पनि विभिन्न ठाउँमा फ्लाइट गरिएको हो, तर निरन्तर यात्रु नपाउँदा ती उडानलाई निरन्तरता दिन सकिएन।’

    उनले अब भने दुबई जाने यात्रुको संख्या पर्याप्त रहेको र फ्लाई दुबईका विभिन्न कनेक्टिङ फ्लाइटमार्फत अन्य मुलुकमा जाने यात्रुले समेत पोखरा विमानस्थल प्रयोग गर्न सक्ने बताए।

    "गण्डकीका मानिस काठमाडौं गएर किन प्लेन चढ्ने"

    मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका नागरिकलाई पोखराबाटै अन्तर्राष्ट्रिय उडान प्रयोग गर्न आग्रह गरेका छन्। उनले गोरखालगायत गण्डकीका विभिन्न जिल्लाका नागरिकलाई पोखराबाट दुबई हुँदै आफ्नो गन्तव्यसम्म पुग्न सकिनेबारे जानकारी दिन आवश्यक रहेको बताए।

    उनले भने, ‘अब गण्डकी भेगका मानिसहरू काठमाडौं गएर किन प्लेन चढ्नेरु हामी खाडी मुलुक जान्छौँ या दुबई हुँदै अन्य गन्तव्यमा जान्छौँ भने अब पोखराबाटै प्लेन चढेर जान सकिन्छ।’उनका अनुसार पोखराबाट दुबई उडान सुरु भएपछि गण्डकी प्रदेशका नागरिकका लागि अन्तर्राष्ट्रिय यात्रामा समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ।

    "गोरखाका यात्रुलाई पोखराबाट उडान भर्न आग्रह"

    मुख्यमन्त्री पाण्डेले गोरखालगायत पोखरा आसपासका जिल्लाका नागरिकलाई समेत पोखरा विमानस्थल प्रयोग गर्न आग्रह गरेका छन्। पोखराबाट दुबई पुग्न सकिने र त्यहाँबाट अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा कनेक्टिङ फ्लाइट लिन सकिने जानकारी धेरै नागरिकलाई अझै नभएको उनको भनाइ छ।

    ‘गोरखाका मानिसलाई पोखरा आएर प्लेन चढे पनि दुबई पुग्छु भन्ने कुरा थाहा छैन, त्यसैले काठमाडौं गइराख्नुभएको छ,’ पाण्डेले भने।उनले प्रविधिको विकाससँगै धेरै काम अनलाइनबाटै गर्न सकिने भएकाले हरेक कामका लागि काठमाडौं धाउनुपर्ने अवस्था नरहेको पनि बताए।

    पोखरा–दुबई दैनिक उडान सञ्चालनमा आएपछि गण्डकी प्रदेशलाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग थप जोड्न सहयोग पुग्ने र पोखरा तथा आसपासका जिल्लाका नागरिकलाई विदेश यात्रामा थप सहजता हुने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :भाद्र ८, २०८३ सोमवार - १४:२३:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको