Logo

शुक्रवार, भाद्र २६ गते २०८३

मुख्यमन्त्रीको चेतावनीपछि एमालेले फिर्ता बोलायो मन्त्रीहरू

मुख्यमन्त्रीको चेतावनीपछि एमालेले फिर्ता बोलायो मन्त्रीहरू

जोईन खबर

९, भाद्र २०८३
  • 241
    SHARES
  • मुख्यमन्त्रीको चेतावनीपछि एमालेले फिर्ता बोलायो मन्त्रीहरू

    ९ भन्दौ काठमाडौँ । गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारबाट नहटे बर्खास्त गर्ने चेतावनी दिएपछि एमाले संसदीय दलले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको हो।

    images

    एमाले संसदीय दलको आज बिहान बसेको संसदीय बोर्ड बैठकले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक देवका पहारीले जानकारी दिइन्।
    गण्डकी प्रदेश सरकारमा एमालेका चार जना मन्त्री छन्। बैठकको निर्णयअनुसार उनीहरूले सम्भवतः आजै सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्।
    पछिल्लो समय गण्डकी प्रदेश सरकारमा कांग्रेस र एमालेबीचको सत्ता सहकार्यमा खटपट देखिँदै आएको थियो। अन्य प्रदेशमा एमाले र नेकपा मिलेर सरकार गठन गरे पनि गण्डकीमा भने कांग्रेस नेतृत्वको सरकारमा एमाले निरन्तर सहभागी हुँदै आएको थियो।

    मुख्यमन्त्री पाण्डेले एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सरकारबाट बाहिरिन आग्रह गर्दै नहटे बर्खास्त गर्ने चेतावनी दिँदै आएका थिए। त्यसपछि एमालेले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको हो।गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा रहेको छ। एमालेका मन्त्रीहरू सरकारबाट बाहिरिएसँगै गण्डकी प्रदेशको सत्ता समीकरणमा नयाँ परिस्थिति सिर्जना हुने देखिएको छ। एमालेको निर्णयपछि प्रदेश सरकारको आगामी स्वरूप र सत्ता सहकार्यबारे थप राजनीतिक छलफल हुने सम्भावना बढेको छ।

     

    प्रकाशित मिति :भाद्र ९, २०८३ मंगलवार - ११:१०:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको