Logo

शुक्रवार, भाद्र २६ गते २०८३

काठमाडौं र चितवनमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि बारपाक सुलिकोट गाउँपालिकाले घुम्ती सेवा सञ्चालन गर्ने

काठमाडौं र चितवनमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि बारपाक सुलिकोट गाउँपालिकाले घुम्ती सेवा सञ्चालन गर्ने

जोईन खबर

९, भाद्र २०८३
  • 439
    SHARES
  • काठमाडौं र चितवनमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि बारपाक सुलिकोट गाउँपालिकाले घुम्ती सेवा सञ्चालन गर्ने

    ९ भन्दौ गोरखा । गोरखा  बारपाक सुलिकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका काठमाडौं तथा चितवनमा बसोबास गर्ने लाभग्राहीहरूको सहजताका लागि घुम्ती सेवा सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि लाभग्राहीहरूले तोकिएको मिति, समय र स्थानमा स्वयं उपस्थित भई आवश्यक कागजातसहित अनिवार्य रूपमा नवीकरण गराउनुपर्नेछ।

    images

    घुम्ती सेवा सञ्चालन तालिका

    काठमाडौंमा २०८३ भदौ १९ गतेदेखि २१ गतेसम्म घुम्ती सेवा सञ्चालन हुनेछ। बनस्थलीस्थित गोरखा–ताकुकोट सेवा समाजको कार्यालयमा सञ्चालन हुने सेवाअन्तर्गत भदौ १९ गते वडा नं.१ देखि ४ सम्मका लाभग्राहीको परिचयपत्र नवीकरण गरिनेछ।त्यस्तै, भदौ २० गते वडा नं.५ देखि ८ सम्मका लाभग्राहीका लागि सेवा सञ्चालन हुनेछ भने भदौ २१ गते यसअघि नवीकरण गर्न छुट भएका सम्पूर्ण लाभग्राहीले सेवा लिन सक्ने गाउँपालिकाले जनाएको छ।

    चितवनमा भने २०८३ भदौ २७ र २८ गते घुम्ती सेवा सञ्चालन हुनेछ। रिजाल चोकस्थित गणेश खाजा घरमा हुने सेवामा बारपाक सुलिकोट गाउँपालिकाका वडा नं. १ देखि ८ सम्मका सबै लाभग्राहीले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउन सक्नेछन्।

    नवीकरणका लागि आवश्यक कागजात

    गाउँपालिकाका अनुसार सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि लाभग्राहीले हालसालै खिचेको पासपोर्ट साइजको एक प्रति फोटो, सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचयपत्र, राष्ट्रिय परिचयपत्र नम्बर र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ल्याउनुपर्नेछ।

    बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि तथा सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्नेछ। विधवा महिलाका लागि पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि समेत आवश्यक हुने गाउँपालिकाले जनाएको छ।

    गाउँपालिकाले १६ वर्ष उमेर पूरा नभएका बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अशक्त व्यक्ति तथा ९५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य नहुने व्यवस्था रहेको स्पष्ट पारेको छ।

    गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका काठमाडौं तथा चितवनमा बसोबास गर्ने सबै लाभग्राहीलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आवश्यक कागजातसहित समयमै परिचयपत्र नवीकरण गराउन आग्रह गरेको छ।

    प्रकाशित मिति :भाद्र ९, २०८३ मंगलवार - १३:१५:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको