Logo

शुक्रवार, भाद्र २६ गते २०८३

रसुवामा आएको आकस्मिक बाढीपछि गण्डकी गाउँपालिकाको सतर्कता अपनाउन आग्रह

रसुवामा आएको आकस्मिक बाढीपछि गण्डकी गाउँपालिकाको सतर्कता अपनाउन आग्रह

जोईन खबर

१०, भाद्र २०८३
  • 277
    SHARES
  • रसुवामा आएको आकस्मिक बाढीपछि गण्डकी गाउँपालिकाको सतर्कता अपनाउन आग्रह

    १० भन्दौ  गोरखा — रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै गोरखाको गण्डकी गाउँपालिकाले नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    images

    गाउँपालिकाले एक सूचना जारी गर्दै त्रिशूली नदी तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको बहाव बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।

    रसुवामा एक्कासि आएको बाढीका कारण त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढ्न सक्ने भएकाले नदी किनारमा नजान, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सावधानी अपनाउन र सम्भावित जोखिम देखिएमा सुरक्षित तथा उचाइ भएको स्थानमा जान गाउँपालिकाले आग्रह गरेको छ।

    गाउँपालिकाले स्थानीय बासिन्दालाई बाढीसम्बन्धी सूचना तथा सुरक्षा निकाय र स्थानीय तहबाट जारी हुने सूचनालाई ध्यानपूर्वक पालना गर्नसमेत अनुरोध गरेको छ।

    सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै गाउँपालिका तथा सम्बन्धित सुरक्षा निकाय आवश्यक उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहेको जनाइएको छ।

    गण्डकी गाउँपालिकाले सबै नागरिकलाई संयमित भई उच्च सतर्कताका साथ सुरक्षित रहन आग्रह गरेको छ।786778276_1036470959175724_7202086810312582178_n.jpg

    प्रकाशित मिति :भाद्र १०, २०८३ बुधवार - १२:०६:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको