२९ बैशाख काठमाडौ।खोटाङ प्रहरीले आज बिहान कृषि विज्ञ मदन राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो ।राईमाथि शुभम फाउन्डेसनले संचालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्स्पेक्टर वेनुकुमार कार्कीले जानकारी दिए ।शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यमिक विद्यालयले कार्यक्रम लागू गरेको छ ।