Logo

शुक्रवार, भाद्र २६ गते २०८३

बाढीले वेत्रावती बजार हिलाम्मे, स्थानीय भन्छन्– ‘केही बाँकी रहेन’

बाढीले वेत्रावती बजार हिलाम्मे, स्थानीय भन्छन्– ‘केही बाँकी रहेन’

जोईन खबर

१०, भाद्र २०८३
  • 274
    SHARES
  • बाढीले वेत्रावती बजार हिलाम्मे, स्थानीय भन्छन्– ‘केही बाँकी रहेन’

    १० भन्दौ काठमाडौँ ।  रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत देखिएको छ। बाढीका कारण नुवाकोटको वेत्रावती बजार क्षेत्र हिलाम्मे बनेको छ भने बजारका घर, पसल तथा सडकमा बाढीको लेदो र माटो थुप्रिएको छ।

    images

    अचानक आएको बाढीले वेत्रावती आसपासका क्षेत्रमा त्रास फैलाएको छ। नदीको बहाव बढेसँगै बजार क्षेत्रमा पानी तथा लेदो पसेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन्।

    बाढीका कारण बजार क्षेत्रमा रहेका विभिन्न संरचना तथा व्यवसायमा क्षति पुगेको प्रारम्भिक विवरण छ। पसलभित्र लेदो पसेपछि खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्रीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्।

    बाढीपछि बजारको अवस्था अस्तव्यस्त बनेको छ। सडक तथा आसपासका क्षेत्रमा बाक्लो हिलो जमेकाले आवतजावतसमेत प्रभावित भएको छ।

    बाढीबाट भएको क्षतिको यकिन विवरण भने संकलन भइरहेको छ। स्थानीय तथा सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलनको काम अघि बढाएका छन्।

    बाढीबाट प्रभावित स्थानीयले अचानक आएको विपद्का कारण आफूहरूले ठूलो क्षति व्यहोर्नुपरेको गुनासो गरेका छन्। एक स्थानीयले भावुक हुँदै भने, ‘केही बाँकी रहेन।’

    यसैबीच, त्रिशूली नदीको तटीय क्षेत्रमा पानीको बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदी किनारमा रहेका बस्तीका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

    स्थानीयलाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित तथा उचाइ भएका स्थानमा जान, नदी किनारमा नजान र प्रशासन तथा सुरक्षा निकायले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरिएको छ।

    प्रकाशित मिति :भाद्र १०, २०८३ बुधवार - १२:५५:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको