१० भन्दौ काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा घाइते तथा प्रभावित नागरिकको उद्धार र उपचारमा वाईसिएल नेपाल सक्रिय रूपमा परिचालित भएको छ।बाढीका कारण घाइते भएकाहरूको उपचारका क्रममा रगतको अभाव हुन नदिन वाईसिएल नेपालले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
वाईसिएल नेपालको आयोजनामा २०८३ भदौ ११ गते बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा रक्तदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।विपद्को समयमा घाइते तथा बिरामीको उपचारमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको वाईसिएल नेपालले जनाएको छ। कार्यक्रममा सहभागी भई रक्तदान गर्न सबैलाई अपिलसमेत गरिएको छ।यसैबीच, भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र धादिङका विभिन्न प्रभावित क्षेत्रमा वाईसिएल नेपालका स्वयंसेवकहरू बिहानैदेखि उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन्।
जोखिममा परेका नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक सहयोग उपलब्ध गराउने कार्यमा युवा स्वयंसेवकहरू परिचालित भएका छन्।वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीले विपद्को समयमा उद्धार, राहत तथा उपचारमा कुनै पनि किसिमको कमजोरी हुन नदिन संगठनका सम्पूर्ण नेता–कार्यकर्ता तथा स्वयंसेवकहरूलाई निर्देशन दिएका छन्। उनले प्रभावित नागरिकको जीवनरक्षा र मानवीय सेवाका लागि आवश्यक सबै सहयोग जुटाउन आग्रह गरेका छन्।
वाईसिएल नेपालका केन्द्रीय सचिव तथा प्रचार–प्रसार उपप्रमुख धिरज उपरकोटीले बाढीपीडितको उद्धार, राहत र घाइतेको उपचारमा सहयोग पुर्याउने उद्देश्यले संगठन प्रभावित क्षेत्रमा सक्रिय रूपमा परिचालित भएको जानकारी दिए। वाईसिएल नेपालले विपद्को यस कठिन घडीमा राज्यका निकाय, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयंसेवी संस्था तथा आम नागरिकसँग हातेमालो गर्दै उद्धार, राहत र उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।“विपत्तिमा एकता, पीडितको सेवा हाम्रो प्रतिबद्धता” भन्ने भावनासहित वाईसिएल नेपालले बाढीपीडितको उद्धार तथा राहत अभियानलाई निरन्तरता दिने जनाएको छ।
साथ दिऔँ, सहयोग गरौँ, जीवन बचाऔँ।
आऔँ हातेमालो गरौँ—विपद्मा परेकाको सेवामा जुटौँ।
वाईसिएल नेपाल—युवा शक्ति, राष्ट्र शक्ति।
रक्तदान कार्यक्रमस्
📅 मिति : २०८३ भदौ ११ गते
⏰ समय : बिहान ९ बजे
📍 स्थान : पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा
🩸 कार्यक्रम : आकस्मिक रक्तदान