Logo

शुक्रवार, भाद्र २६ गते २०८३

उद्योग, वाणिज्य मन्त्री गौरीकुमारी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरबीच शिष्टाचार भेटवार्ता 

उद्योग, वाणिज्य मन्त्री गौरीकुमारी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरबीच शिष्टाचार भेटवार्ता 

जोईन खबर

११, भाद्र २०८३
  • 310
    SHARES
  • उद्योग, वाणिज्य मन्त्री गौरीकुमारी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरबीच शिष्टाचार भेटवार्ता 

    ११ भदौ काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–साउदी द्विपक्षीय सम्बन्ध, आपसी हित तथा आर्थिक सहकार्यका विषयसँगै रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षतिबारे छलफल भएको हो।

    images

    भेटमा मन्त्री यादवले रसुवामा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै त्यसप्रति साउदी सरकारको ध्यानाकर्षण गराउनुभएको थियो। उहाँले बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा आगामी पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउँदै साउदी सरकारसँग मानवीय सहयोगका लागि अपिल गर्नुभएको हो।

    मन्त्री यादवले विक्रम संवत् २०७२ को विनाशकारी भूकम्पपछि नेपालले भोगेको यो ठूलो विपद्मध्ये एक भएको उल्लेख गर्दै बाढीका कारण ठूलो संख्यामा मानिस प्रभावित भएको र व्यापक भौतिक संरचनामा क्षति पुगेको जानकारी राजदूत मोनैखिरलाई गराउनुभएको थियो।

    विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री यादवले उद्धार, राहत सामग्री, अस्थायी व्यवस्थापन तथा पुनर्निर्माणका लागि मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग महत्वपूर्ण हुने बताउनुभयो।

    उहाँले साउदी अरबका परराष्ट्रमन्त्रीसमक्ष समेत नेपालको विपद् प्रभावित क्षेत्रका नागरिकका लागि मानवीय सहयोग उपलब्ध गराउन पहल गरिदिन आग्रह गर्नुभएको बताइएको छ।

    भेटवार्तामा राजदूत फहद मोहम्मद ए। मोनैखिरले नेपालमा आएको विपद्प्रति चासो व्यक्त गर्दै नेपाल र साउदी अरबबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै सहयोग र सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा सकारात्मक धारणा राख्नुभएको थियो।

    त्यसैगरी भेटका क्रममा नेपाल र साउदी अरबबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विविध पक्षमा समेत छलफल भएको थियो। दुवै पक्षले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्दै आर्थिक तथा मानवीय सहकार्यलाई प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए।

    रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारले विभिन्न निकायमार्फत पहल गरिरहेको अवस्थामा मन्त्री यादवले मित्रराष्ट्रबाट प्राप्त हुने सहयोगले विपद् प्रभावितको राहत र पुनःस्थापनामा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

    06f6ab97-0fb5-4ff4-aec3-0aa896f1d0d4.jpg

    प्रकाशित मिति :भाद्र ११, २०८३ बिहिवार - २१:४१:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको