२९ बैशाख काठमाडौ।विपद्का घटनालाई शून्य बनाउन नसकिने तर न्युन भने गर्न सकिने गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।गृह मन्त्रालमया आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले त्यसका लागि सबै निकायबीच सामूहिक प्रयोसको खाँचो रहेको औँल्याउनुभयो ।
विपद् जोखिम व्यवस्थापनको तयारीमा कमी भएको गुनासा रहेकाले आवश्यक पूर्वतयारीलाई प्रभावकारी बनाउन सरोकारराख्ने मन्त्रालय र निकायका अधिकारीहरुको ध्यानाकर्षण गराउनुभयो ।आगलागी तथा वन डढेलोले मानव, वन्यजन्तु तथा वातारणमा ठूलो असर गरिरहेकाले आगो लगाउनेलाई कडा कारबाही गर्न र उपभोक्ता समितिलाई थप सक्रिय बनाउनुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।
बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले विपदको पूर्व सूचना प्रणाली र पुर्वानुमानलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले विपद् जोखिम न्युवस्थापनका लागि पूर्व तयारी नै महत्वपूर्ण कुरा रहेको उल्लेख गर्दै आवश्यक बन्दोवस्तीमा चुस्त र पारदर्शी बनाउन पनि आग्रह गर्नुभयो ।