Logo

शुक्रवार, भाद्र २६ गते २०८३

गोरखा ताकुकोट सेवा समाज काठमाडौंको गाईजात्रा सांकेतिक रूपमा सम्पन्न

गोरखा ताकुकोट सेवा समाज काठमाडौंको गाईजात्रा सांकेतिक रूपमा सम्पन्न

जोईन खबर

१३, भाद्र २०८३
  • 604
    SHARES
  • गोरखा ताकुकोट सेवा समाज काठमाडौंको गाईजात्रा सांकेतिक रूपमा सम्पन्न

    १३ भदौ काठमाडौं । गोरखा ताकुकोट सेवा समाज, काठमाडौंको आयोजनामा यस वर्षको गाईजात्रा–२०८३ सांकेतिक, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको छ। देशमा पछिल्लो समय देखिएको संवेदनशील तथा दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै समाजले यस वर्ष गाईजात्रालाई विगतका वर्षजस्तो भव्य रूपमा नभई मौलिक संस्कृति र परम्पराको निरन्तरता कायम राख्ने उद्देश्यले छोटो तथा मर्यादित रूपमा सम्पन्न गरेको समाजका अध्यक्ष अनुप श्रेष्ठले बताउनु भयो । 

    images

    समाजका अध्यक्ष श्रेष्ठका अनुसार यस वर्ष गाईजात्रा साबिकको रुटमा प्रदर्शन नगरी छोटो रुटमा सीमित गरिएको थियो। देशको वर्तमान अवस्थालाई ध्यानमा राख्दै भव्य उत्सवका रूपमा कार्यक्रम सञ्चालन नगरी नेपाली मौलिक संस्कृति तथा परम्पराको संरक्षण गर्ने उद्देश्यले सांकेतिक रूपमा गाईजात्रा गरिएको उहाँले बताउनुभयो।

    0f0ad421-68cb-473c-8ce7-00a6d0082ffe.jpg

    त्यस्तै, समाजका महासचिव धिरज उपरकोटीले वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै यस वर्षको गाईजात्रा दिवंगत आत्माहरूप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार दुःखद् परिस्थितिबीच पनि परम्पराको निरन्तरता कायम राख्दै श्रद्धा, संवेदना र सामाजिक एकताको सन्देश दिने गरी जात्रा सम्पन्न गरिएको हो।aa61659a-0908-48e9-8b04-da1a68ac3d89.jpg

    यस वर्ष गाईजात्राको प्रदर्शन रुटसमेत परिवर्तन गरिएको थियो। निर्धारित नयाँ रुटअनुसार गाईजात्रा अक्सफोर्ड ड्राइभिङ सेन्टरको ग्राउण्डबाट प्रारम्भ भई नजिकै रहेको गणेश मन्दिर (ड्राइभिङ छिर्ने चोकको मन्दिर) सम्म पुगेर पुनः अक्सफोर्ड ड्राइभिङ सेन्टरको ग्राउण्डमा फर्किएपछि प्रदर्शन गरी सम्पन्न गरिएको थियो।

    गाईजात्रा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म सञ्चालन भएको थियो। यस क्रममा सहभागीहरूले जात्रालाई अनुशासित, शान्तिपूर्ण तथा मर्यादित रूपमा सम्पन्न गरेका थिए।

    ef5fa75d-9802-48e8-9c72-ca8515632c0f.jpg

    गोरखा ताकुकोट सेवा समाज, काठमाडौंले देशको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै जात्रामा सहभागी सम्पूर्ण व्यक्ति तथा शुभेच्छुकहरूलाई कार्यक्रमलाई शान्तिपूर्ण, अनुशासित, मर्यादित एवं सांकेतिक रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याएकोमा धन्यवाद व्यक्त गरेको छ। समाजले आफ्नो योजनाअनुसार सबैको सहभागिता र सहयोगमा यस वर्षको जात्रा मर्यादित रूपमा सम्पन्न भएको जनाएको छ।

    2911170d-b208-4a3e-8b67-093969239840.jpg

    समाजका अनुसार गाईजात्रा केवल मनोरञ्जन तथा उत्सवको पर्व मात्र नभई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको महत्वपूर्ण माध्यमसमेत हो। यही मान्यतालाई आत्मसात् गर्दै यस वर्षको गाईजात्रामार्फत नेपाली मौलिक संस्कृति तथा परम्पराको संरक्षण, दिवंगत आत्माहरूप्रति सम्मान, भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा विपद्को समयमा सामाजिक एकताको सन्देश प्रवाह गरिएको समाजले जनाएको छ।

    aa61659a-0908-48e9-8b04-da1a68ac3d89.jpg

    दुःखद् परिस्थितिका बीच पनि सांस्कृतिक परम्पराको निरन्तरता कायम राख्दै सम्पन्न गरिएको यस वर्षको गाईजात्राले श्रद्धा, संवेदना र सामाजिक एकताको भावनालाई प्राथमिकता दिएको आयोजकको भनाइ छ।9eb468c9-4853-4306-9549-74c8e9e26077.jpg

    प्रकाशित मिति :भाद्र १३, २०८३ शनिवार - २३:२०:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको