Logo

शुक्रवार, भाद्र २६ गते २०८३

 रसुवा–नुवाकोटका बाढीपीडित बोकेको बस नवलपरासी पूर्वमा दुर्घटना, ३२ जना घाइते

 रसुवा–नुवाकोटका बाढीपीडित बोकेको बस नवलपरासी पूर्वमा दुर्घटना, ३२ जना घाइते

जोईन खबर

१४, भाद्र २०८३
  • 286
    SHARES
  •  रसुवा–नुवाकोटका बाढीपीडित बोकेको बस नवलपरासी पूर्वमा दुर्घटना, ३२ जना घाइते

    १४ भदौ काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार गरिएका बाढी प्रभावितलाई बोकेर घर फर्किँदै गरेको यात्रुवाहक बस नवलपरासी पूर्वमा दुर्घटनामा परेको छ।

    images

    बर्दियातर्फ जाँदै गरेको लु प्र ०१–००१ ख ०३८६ नम्बरको बस कावासोती नगरपालिका–१६, डण्डामा दुर्घटनामा परेको हो।

    बसमा ३८ जना यात्रु सवार रहेकोमा ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार घाइतेमध्ये २७ जना उपचारपछि घर फर्किसकेका छन् भने पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

    उहाँका अनुसार बर्दियाका नरेश थारू, अछामका विनोद नेपाली, बाँकेका श्यामु विक र रुकुम पूर्वकी ममता परियारको मध्यबिन्दु प्रादेशिक अस्पताल, नवलपरासी पूर्वमा उपचार भइरहेको छ।

    त्यस्तै, सुर्खेतकी रीता गन्धर्वको थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएपछि उद्धार गरिएका उनीहरूलाई काठमाडौँ ल्याइएको थियो। काठमाडौँबाट पुनः गृह जिल्ला बर्दियातर्फ फर्किने क्रममा बस डण्डामा दुर्घटनामा परेको हो।

    दुर्घटनापछि घाइतेहरूको तत्काल उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको थियो। अधिकांश घाइते उपचारपछि घर फर्किसकेका छन् भने पाँच जनाको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

    बाढी तथा पहिरोबाट विस्थापित भएर उद्धार तथा राहतको पर्खाइमा रहेका प्रभावितहरू घर फर्किने क्रममा दुर्घटनामा परेपछि घटनाले थप पीडा थपेको छ।

    दुर्घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रकाशित मिति :भाद्र १४, २०८३ आइतवार - २२:३८:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको