Logo

शुक्रवार, भाद्र २६ गते २०८३

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस भेटिएनन्, नेपाली सेनाको उद्धार टोली फर्कियो

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस भेटिएनन्, नेपाली सेनाको उद्धार टोली फर्कियो

जोईन खबर

१५, भाद्र २०८३
  • 301
    SHARES
  • रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस भेटिएनन्, नेपाली सेनाको उद्धार टोली फर्कियो

    १५ भदौ काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना ९आरएचपीएल० को सुरुङमा खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ।

    images

    सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर र ड्रोन टोलीसहित खोजी अभियान सञ्चालन गरिएको थियो। टोलीले सुरुङको भित्री भाग तथा अन्तिम बिन्दुसम्म पुगेर ड्रोनसमेत उडाई खोजी गरेको थियो।

    प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार सुरुङभित्र विस्तृत खोजी गर्दा मानवीय उपस्थितिको कुनै संकेत फेला परेन। त्यसपछि सेनाको टोलीले खोजी अभियान टुंग्याएको हो।

    सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएपछि नेपाली सेनाको टोली रसुवागढी आयोजनास्थलबाट रसुवाको धुन्चे फर्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बाढीपछि आयोजनामा कार्यरत केही व्यक्ति सुरुङभित्र फसेको हुनसक्ने आशंकामा सेनाको टोली खोजीमा परिचालन गरिएको थियो।

    प्रकाशित मिति :भाद्र १५, २०८३ सोमवार - १३:४६:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको